Patan Krishna devotees throng the temple to celebrate Krishna Janmashtami


भाद्र ९, २०७३- ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ ।

श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर यहाँ मेला लाग्ने गरेको छ ।

मन्दिरमा पूजाका लागि स्थानीयवासी चापागाउँ, सुनाकोठी, खोकना, बुङमती, थेचो, धापाखेल, गोदावरी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् ।

कृष्ण मन्दिरमा अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पनि पूजा अर्चना गरिने प्रचलन समेत रहेको छ ।  श्रीकृष्ण भगवानलाई नारायण, गोपाल, गौरीश्वर, वंशीधारी, योगेश्वरलगायत अनेक नामले पुज्ने गरिन्छ । रासस


Previous
Next Post »