![]() |
भाद्र ३, २०७३- सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पुस अन्तिम साता गर्ने भनेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पमकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको पार्टी हेडक्वार्टर बैठकले सरकार सञ्चालनको व्यस्तता त्यस बेलासम्मै जारी रहने प्रष्ट देखिएकाले महाधिवेशन सार्नुपरेको प्रष्टीकरण दियो ।
'अध्यक्ष कमरेडकै नेतृत्वमा सरकारमा रहेर पार्टीले संविधान कार्यान्वयनलगायत देशमा आइपरेका चुनौती व्यवस्थापन गर्नुपरेकाले महाधिवेशनलाई दोस्रो प्राथमिकतामा राख्ने निर्णय गरेका हौं,' बैठकपछि प्रवक्ता पम्फा भूसालले भनिन्, 'सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने वस्तुगत परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ ।'
उनले भदौ ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको जानकारी दिइन् । बैठकको अर्को मिति तोकिएको छैन । त्यसअघि सात वटै प्रदेशमा हेडक्वार्टर नेतासहित उपस्थित भएर प्रादेशिक बैठक गर्ने पार्टी निर्णय छ ।
१० माओवादी धारा मिलाएर जेठ ६ गते पार्टी एकता गरेकेा माओवादीले पुसमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि २ हजार १ सय सदस्यीय आयोजक समिति समेत गठन भइसकेको थियो ।
![]() |


ConversionConversion EmoticonEmoticon