Mountain cable car reaches the milestone in the history Chandragiri


चन्द्रागिरीको डाँडाबाट काठमाडौं उपत्यका देखेपछि गोरखाली राजा पृथ्बीनारायण शाहलाई काठमाडौंप्रति लोभ जागेको इतिहास पढन पाइन्छ । अब त्यही चन्द्रागिरीको डाँडाबाट वर्तमान काठमाडौंलाई नियाल्ने अवसर सबैलाई जुर्ने भएको छ । चन्द्रागिरी डाँडासम्म पुग्न केबल कार सञ्चालनमा आएपछि यतिबेला चन्द«ागिरीको रौनक र सुन्दरतामा थप अभिवृद्धि भएको छ ।

यो दृश्य केवलकारबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य हो । काठमाडौँभित्रै सञ्चालनमा आएको केवलकार चन्द«ागिरी डाँडाको भ्रमण गर्न पर्यटक तान्ने उद्धेश्यले निर्माण गरिएको हो । डाडाबाट देखिने दृश्य जो कोहिलाई पनि लोभ लाग्ने गर्दछ । त्यससँगै पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा काठमाडौँको मनोरम दृश्य देखेर लोभिएको डाडा । यस्तै इतिहास र मनोरम दृश्यले लोभिएर यति बेला चन्द«गिरी डाडा पर्यटकहरुको आकर्षण बनेको छ । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी रहेको केवलकार चढेर हुइकिन अहिले त्यहाँ सर्वसाधारणको भीड निकै ठूलो छ । करिव ९ मिनेटको यात्रामा १६सय ६० मिटरको उचाइमा रहेको डाडाबाट सुन्दर दृख्य हेर्न बच्चा देखि बृद्धासम्मको भीड लाग्न थालेको छ । ख्याति प्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गरिएकोे प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो ।
चन्द्रागिरी डाँडा पुगेका विभिन्न सर्वसाधारण यहाँको मनोरम दृश्य र काठमाडौँ भित्रै रहेको पहिलो केवलकारको आनन्द लिन पाउँदा निकै खुसी देखिन्थे । बाइट…
यस्तो मनोरम दृश्यमा रमाउन पाउँदा कसको मन रम्दैन होला । भालेश्वर महादेवको मन्दिरले झन यहाँको सौन्दर्यता बढाइदिएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने सोचले अघि बढेको र सञ्चालनमा आएको केवलकारले गरे जे पनि सकिन्छ भन्ने भनाइलाई चरितार्थ गर्न सफल भएको छ , यो चन्द«ागिरी हिल्स लिमिटेड ।
Previous
Next Post »