Phunyal injured in a road accident


काठमाडौँः पूर्वमहान्याधिवक्ता हरि फुयाँल सवारी दुर्घटनामा परी घाइते भएका छन् । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा न्यायाधीवक्ता बनेका फुयाँल शनिबार सवारी दुर्घटनामा परी घाइते भएका हुन् ।

इटहरीबाट काठमाडौँ फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको ढल्केबरमा सवारी दुर्घटना परी घाइते भएका फुयाँलको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वप्रधानमन्त्री ओलीले अस्पतालमा पुगेर फुयाँलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ओलीले अस्पताल पुगेर फुयाँलको स्वाथ्यलाभको कामना गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

फुयाँलले पूर्वप्रधानमन्त्री ओलीसँग सामान्य कुराकानी गरेका छन् । फुयाँलको नर्भिक अस्पतालको आईसियुमा उपचार भइराखेको छ ।
Previous
Next Post »