![]() |
भाद्र ९, २०७३- आफ्नै साथी हत्या गरेको अभियोगमा एक जना नेपालीलाई बहराइनको अदालतले आजीवन काराबासको सजाय दिएको छ ।
बहराइनको राजधानी मन्मास्थित नेपाली दुताबासका अनुसार पोखराका तिलबहादुर गर्वुजालाई अदालतले आजीवन काराबासको फैसला सुनाएको हो । तिलबहादुरमाथि कम्पनीले उपलब्ध गराएको क्याम्पमा सुतिरहेका बेलबारी मोरङका दीपेन्द्र बस्नेतको घाँटी रेटेर हत्या गरेका अभियोग लागेको थियो ।
‘गर्वुजालाई अदालतले आजीवन सजाय सुनाएको छ,’ बहराइनस्थित नेपाली कार्यबाहक राजदुत खगराज पाण्डेले कान्तिपुरसँग भने, ‘गर्वुजालाई स्थानीय जेलमा राखिएको छ ।’ दुबै जना सेक्रीकोर कम्पनीका सुरक्षा गार्ड थिए । गर्बुजाले १७ मे, २०१५ का दिन बस्नेतको हत्या गरेको अभियोग छ । उनलाई त्यही दिन पक्राउ गरिएको थियो ।
घटना बिबरण
कम्पनीले आफ्ना कामदारलाई रफ्फास्थित क्याम्पमा राखेको थियो । घटना हुनु अघिल्लो दिन (१६ मे, २०१५ आइतबार राति) ब्यक्तिगत बिषयमा आपसी बिबाद भएको थियो । दिपेन्द्रका एक सहकर्मीले स्थानीय पत्रिकालाई दिएको बिबरण अनुसार सोमबार बिहान कोठाका साथीहरु काममा गएका थिए । दिपेन्द्र काममा जाने समय नभएकोले कोठामा सुतिरहेका थिए । ‘म कोठाभित्र छिर्न लाग्दा गर्बुजालाई हतारिंदै बाहिर निस्केको देखे । उ केही बोलेन । दिपेन्द्रलाई उठ्न बोलाएँ । उसले कुनै प्रतिक्रया दिएन,' उसले भनेका थिए,‘ब्लङकेट उठाएर हेर्दा घाँटी काटिएको अबस्था देखें । बेड पुरै रक्ताम्य भइसकेछ ।’
घटना लगत्तै प्रहरी आइपुग्यो । प्रहरीले शवलाई हेर्दा उसको लिंङ पनि काटिएको अबस्थामा थियो । गर्वुजाले आफैले हत्या गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमा पनि हालेका थिए ।
![]() |


ConversionConversion EmoticonEmoticon