When either of Ministers to pass ekamahina ve not finished


भाद्र ९, २०७३- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन मात्र गर्नको अर्थ नभएको बताएका छन् ।

बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले बिनाउद्देश्य संविधान संशोधन गर्नाको औचित्य नभएको बताउँदै ओलीले भने, 'संविधान संशोधनका विषयमा पार्टीलाई औपचारिक ढङ्गले कुरा आएको छैन, कसैले प्रस्ताव गरेको छैन, केही-केही पार्टीका बीचमा केही सम्झौता भए भन्ने सुनेको हो ।'

वर्तमान सरकारले एक महिना बित्न लाग्दासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको उल्लेख गर्दै उनले थपे, 'एक महिना बित्न लाग्दा पनि (उहाँ)ले मन्त्रिपरिषद् नै गठन गर्न सक्नुभएको छैन, अरु के गर्नु होला ? कति महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लाग्ने हो ? आफ्नै कार्यकर्ताको चिन्तामा लाग्नुभएको छ, देशको चिन्तामा कहिलेदेखि लाग्ने हो ।'

पूर्वप्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ । उनको साथमा धर्मपत्नी राधिक र स्वकीय सचिव राजेश वज्राचार्य छन् ।



Previous
Next Post »