Recalling a rhinoceros was found shot disabilities


नेपालमा गैडाको चोरी शिकारी शून्य तर्फ उन्मुख हुँदै आएको अवस्थामा रौतहटमा भने एक गैडा गोली लागेर अशक्त अवस्थामा भेटिएको छ । गैडालाई मार्ने नियतले नै गोली हानेको प्रष्ट भएको छ ।

लामो समय देखि रौतहटको बनमा दुर्लम एक सिङ्गे गैडा देखा पर्दै आएपनि यस्को उचित संरक्षणमा चासो भने देखाएको पाइएको छैन । रौतहटको चन्द्रपुर नगरपालिका–२ महादेबहाडाको शिध्देश्वर सामुदायिक बनक्षेत्रमा गोली लागि घाईते अबस्थाको एक सिङ्गे गैडा फेला परेपछि यस्को संरक्षणमा ध्यान नदिइएको पुन पुष्टि भएको छ । घाईते भएको गैडामाथि तीन देखि चार वटा गोली प्रहार गरिएको आशंका गरिएको छ । घाईते गैडा हेर्न जङ्गलक्षेत्रमा स्थानीयको भिड लागेको छ भने जिल्ला बन कार्यालय रौतहट, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घाईते गैडाको संरक्षणमा जुटेका छन । समयमै घाईते गैडाको उद्धार गरी उपचार गर्ने हो बाच्न सक्ने स्थितिमा रहेको छ । तर घाईते गैडाको उद्धार भने राष्ट्रिय निकुञ्ज या आरक्षणको टोली नै आउनु पर्ने कारणले उद्दारमा केही ढिला भएको छ । रौतहटमा अहिले पनि हतियार लिएर हिडनेको समुह नियन्त्रण हुन नसक्दा गैडा लगायत बन्यजन्तुको चोरी शिकारी समेत बढेर गएको स्थानीयको भनाई रहेको छ ।
Previous
Next Post »