![]() |
अहिलेको समयमा एक अर्कालाई समस्या पर्दा सहयोग गर्ने ब्यक्ति कमै मात्रामा पाईन्छन् । आफ्नो अनेकौं समस्याहरुलाई पनि थाति राख्दै समाज सेवामा तल्लिन एक ब्यक्ति हुन् शुष्मा रुपाबुङ राई । उनले एक सातादेखी झापाको दमकस्थित लाइफ लाईन अस्पतालको विशेष आइसियु कक्षमा उपचारार्थ एक शिषुको परिवारलाई शिक्षिका शुष्मा रुपावुङ् राईले आज एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउन सफल भएकी छिन् ।
शिशुको परिवारको आर्थिक अवस्था कमजोर भएकोले थप उपचारमा सहयोग पुर्र्याउँदै आएकी राईले सामाजिक सन्जाल फेसवुक मार्फत तस्विर सहित स्टाट्स राखेकी थिइन् ।
फेसवुक मार्फत नेपाल लगायत युके, मलेशिया, हङकङ, दुवई, कतार, साउदी अरवियावाट साथिभाईहरुले पठाईदिएको उक्त रुपैया राईले एक मुष्ठ जम्मा गरेर आज (बिहीबार)
अस्पतालमा पुगेर विरामीको आमा र हजुरआमालाई उपलब्ध एक लाख ५० हजार एक मुष्ट रकम गराएकी हुन् ।
मोरङ्को टाडी–५ की करुणा राईले साउन २९ गते घरैमा छोरी जन्माएकी हुन् । छोरी जन्मेको केहीसमयसम्म नरुएको र सामान्य अवस्था भन्दा फरक विशेषता देखेपछि उनलाई सोही दिन लाईफ लाईन अस्पताल दमकमा भर्ना गराएकी थिईन ।
अस्पतालमा भर्ना गराएको एक साता वित्न लाग्दापनि अझै सुधार हुन नसकेको शिषुका आमा करुणा राईले वताईन् । उनले भनिन–‘आइसियु कक्षमा राखेका छन् । चिकित्सकसंग भेटमा राम्रो हुदैछ सुधार हुन अझै केहीसमय लाग्न सक्छ रे ।’ करुणकी अनुसार उपचारमा अहिलेसम्म ४५ हजार रुपैया खर्च भईसकेको छ ।
आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाल प्रेष युनियन माईपश्चिम दमक क्षेत्रीय संयोजक विष्णु सुब्बा, पत्रकार मञ्च दमकका सचिव नगेन्द्रमणी न्यौपाने, समाजिक अभियन्ता सकुन्तला राईको उपस्थिति रहेको थियो ।
दमक–१० मा वसोवास गर्ने समाजसेबी शुष्मा राई इलामको चुलाचुली–१ कमलस्थित जनता उच्च माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध छन् । इलाममा जन्मिएकी सुष्मा पछिल्लो समय शिक्षण पेशासंगल संगै विभिन्न समाजिक कार्यमा आवद्ध छन् । उनले यसअघि पनि मानविय सेवामा रचनात्मक र सृजनात्मक कार्यहरु संचालन गरिसकेका छन् । उनले फेसवुक मार्फत साथिहरुसंग यस प्रकारको कार्य गर्न पाउँदा आत्मा सन्टुष्टि हुने गरेको वताइन् ।
![]() |


ConversionConversion EmoticonEmoticon