![]() |
भाद्र २, २०७३- नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा पुगेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए । ‘हामी बुधबार मात्र उलानबटार आइपुग्यांै,’ उनले भने ‘बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका कारण थाकेकाले बिहीबारबाट मात्र अभ्यास सुरु गर्यौं ।’
लगातारको यात्राका कारण थकाइले गर्दा बुधबार दिउँसो टोलीले अभ्यास नभएपनि बिहीबारबाट अभ्यास सुरु भएको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिए । मंगोलियाको स्थानिय समय अनुसार बिहीबार विहान साढे १० बजेबाट दिउासो १ बजेसम्म अभ्यास भएको छ ।
थ्रिस्टारको टोलीले मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा अम्यास गरेको छ । ‘हामीले ग्राउण्ड फिलिङका लागी हल्का अभ्यास गराएका हौा,’ प्रशिक्षक रबीन्द्र सिलाकारले भने , ‘नेपालको भन्दा मौसम फरक खाले भएकाले दौडीदै जाादा छाती गरुङ्गो जस्तो, स्वासमा समस्या आए जस्तो हुादो रहेछ ।’ उनका अनुसार चर्को घाम लागेको जस्तो देखीएपनि चिसो हावा लागीरहेको छ ।
टोली बुधबार दिउँसो मात्र मंगोलिया आइपुगेको हो । मंगलबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिडेको टोली बुधबार मंगोलियन समय अनुसार साढे १२ बजे मंगोलियाको राजधानी उलानबटार पुगेको हो । कोरियन एयरको विमानबाट सुरुमा दक्षिण कोरियाको इन्चोन हुादै त्यही एयरको अर्को विमानबाट उलानबटार टोली पुगेको हो ।
आउने ५ भदौबाट राजधानी उलनबटारमा हुने ए.एफ.सी कपको प्लेअफ छनोटमा खेल्नका लागी थ्रिस्टारको टोलीमा १९ जना खेलाडी , १ जना टिम म्यानेजर , २ जना प्रशिक्षक , १ फिजियो र ७ जना अफिसीयल सहितको ३१ सदस्यीय टोली छ ।
ललितपुरको रैथाने क्लब थ्रिस्टारले यो प्रतियोगिताको प्रारंभिक छनौटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्बल र कम्बोडियाको नागावोल्र्ड फुटबल क्लबसाग प्रतिस्पर्धा गर्नेछ ।
खेलाडीहरु
एएफसी कप छनौट खेल्ने थ्रिस्टारका खेलाडीहरूमा ,एलेन न्यौपाने, बिनय श्रेष्ठ र अविशेक बराल गोलरक्षक छन् । यसैगरी रञ्जित धिमाल, देवेन्ऽ तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डर छन् । त्यसैगरी बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल र मार्टिन्स कायोडे अजायी रहेका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon