![]() |
काठमाडौँ, ५ भदौ । सार्वभौम-नेपाल एकता मञ्चले भ्रष्टाचारी तथा कालोबजारीलाई कडा कारबाहीको माग गरेको छ ।
मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताले सरकारले बजार नियन्त्रण गर्न नसक्दा जनताको दैनिक जीविका जटिल बन्दै गएकाले महँगी र कृत्रिम अभावको अन्त्य गरी सुशासन कायम गर्न आग्रह गर्नुभयो ।
मञ्चका संयोजक दीर्घराज प्रसाईँले नेपालको संविधानले सबैको भावनालाई समेट्न नसकेको बताउँदै मधेसी, जनजाति, हिन्दू, राष्ट्रवादी तथा राजसंस्थावादी लगायतको भावनालाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका नेता दिलविकास राजभण्डारीले जनताले अहिले शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको जनाउँदै सरकार जनताप्रति बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
मञ्चले देशमा बहुसङ्ख्यक जनता हिन्दू भएकाले उनीहरुको भावनानुसार मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन माग गर्दै काठमाडौँ उपत्यकामा हिन्दू जागरण कार्यक्रम पन्ध्र दिनसम्म सञ्चालन गरेको छ । रासस
![]() |


ConversionConversion EmoticonEmoticon