This is a list of the NC Minister banneharuko possible

३ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसले सरकार पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नाम सार्वजनिक नगरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नाम मागेर मन्त्रीहरुको टुंगो लगाएको देउवा निकट एक नेताले बताए ।

निधीले गरेको रात्री भोजमा को को आए ! यस अघि कहिल्यै भएको थिएन

पुष्पकम दाहाल ‘प्रचण्ड’, नेतृत्वको सरकार गठन भएको १५ दिन वितिसक्दा समेत कांग्रेसभित्र आन्तरिक विवादको कारण मन्त्री छनोट गर्न सकेको छैन । सरकार गठन गर्नुपूर्व कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएको थियो । माओवादीले आफ्नो पार्टीको तर्फबाट पाएको मन्त्रालयमा मन्त्री चयन गरेर जिम्मेवारी दिइसकेको छ भने कांग्रेसभित्र मन्त्री छनोटमा अझै किचलो बाँकी रहेको छ ।


देउवाले पार्टीभित्र मन्त्री बन्नेहरु आकांक्षी धेरै भएपनि सकेसम्म सबै समुहलाई मिलाएर अगाडि बढ्नको लागि तयारी गरेको बताइएको छ । देउवाले आफ्नो पक्षबाट फरमुल्ला मन्सुर, बहादुर सिंह तामाङ, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी, अम्बिका बस्नेत, मिनबहादुर विश्वकर्मा र चन्द्र भण्डारीलाई मन्त्री बनाउने पक्कापक्की भएको देउवा निटक एक नेताले दावी गरे ।


उनका अनुसार देउवाले रामचन्द्र पौडेल पक्षबाट नविन्द्रराज जोशी, शेखर कोइराला, सीतादेवी यादवलाई मन्त्री बनाउने तयारी गरेका छन् । खुबहादुर खडका पक्षबाट भने कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागि नसकेको बताइएको छ । मन्त्री छनोटमा पौडेल पक्षले चालिस प्रतिशत भाग पाउनु पर्ने माग गर्दै आएको छ । मन्त्री छनोट गर्दा भाडवण्डाको आधारमा गर्न पौडेलको नेतृत्वमा नेताहरुले देउवा निवास बुढानिलकण्ठमा पुगेरै ध्यानाकर्षण गराएका छन् ।

महरा नफर्किदै माधव नेपाल चीन तिर ! ओलीले नजान आग्रह गर्दा मानेनन् !

कांग्रेसले सरकारको विशेष दुतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वदेश फर्किएपछि मात्र मन्त्रीमण्डल विस्तार हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म छिटो मन्त्रीहरुको नाम दिन देउवासँग आग्रह गर्दै आएका छन् । प्रचण्डको आग्रहमा देउवाले पार्टीभित्र केही मिलाउन बाँकी रहेकाले केही दिन पर्खन पर्ने जवाफ दिएका छन् । काग्रेसबाट अब ११ मन्त्री छनोट गर्न बाँकी छ । यस अघि उप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रमेश लेखक मन्त्री भइसकेका छन् ।


देउवा निकटकाहरुले बनाएको सूची पार्टीबाट फाइनल हुन बाँकी छ । श्रोतका अनुसार त्यस भन्दा पनि बढी महत्वपूर्ण कुरा भने सम्भावित मन्त्रीको सूची दिल्ली पुगिसकेको र निधीको नेपाल फिर्तीपछि दिल्लीको ग्रिन सिग्नल पाएकाहरुलाई मन्त्रीमा सपथ गराइने छ ।
Previous
Next Post »