Three motorcycle collided with a bus accident


तनहुँ, भदौ ९ – बुखैरेनी नगरपालिका–७ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकै बिहीबार एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ का १९ वर्षीय विष्णु राई र सोही नगरपालिका–३ का किरण मगर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

राईको भरतपुरस्थित पुरानो मेडिकल कलेज र मगरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका आँबुखैरेनी नगरपालिका–२ बरादी का १९ वर्षीय मिलन गौली, १६ वर्षीय भिजन गौलीको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ना ६ ख ३९५६ नं को बस र विपरीत दिशाबाट जाँदै गरेका ग ९ प २३०५, ग ९ प १८९७ र ना ४ प ६९०० नं को मोटरसाइकल एक्कासि ठोक्किएका थिए । तीव्र गतिका कारण ती सवारी ठोक्किएको प्रहरीले जनाएको छ ।

Previous
Next Post »