Two children were killed in the copper PANCHTHAR eating pickles


फिदिम ७ भदौ,  बाँसको तामा साँधेर बनाएको अचार खाँदा पाँचथरको नांगीन गाँउ विकास समिति वडा नम्वर ३ मा २ बाल बालिकाको मृत्यू भएको छ । मंगलवार बिहानको खानासँग तामाको अचार खाँदा एकै घरका दूइजना बालबालिकाको ज्यान गएको हो । मृत्यू हुनेमा नाँगीन ३ निवाँसी दुर्गा राईका ८ वर्षीया छोरी सरिता राई र ७ वषीय सन्तोष राई छन ।विहान खानासँग अचार खाए लगत्तै टाउको दुख्ने र वान्ता हुने समस्या देखिए लगत्तै सन्तोषको ज्यान गएको थियो । सरितालाई भने उपचारका लागि नांगीन ४ त्रितिया स्थित क्लिनिकमा लगेपछि मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घट्नाको जानकारी पाउनासाथ त्यसतर्फ खटेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत विजय श्रेष्ठले वताए ।
Previous
Next Post »