Army wife committed suicide near Gana

राजविराजः राजविराजस्थित श्री कृष्ण दल गणमा कार्यरत एक सैनिककी श्रीमतीले बुधबार राति आत्महत्या गरेकी छिन् ।
सुनसरी महेन्द्रनगर ७ घर भई राजविराज ९ स्थित गण अगाडि रहेको बिजेन्द्र ठाकुरको घरमा डेरा गरी बस्ने ३० वर्षकी मन्जु धामीले कोठामा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । मृतकका श्रीमान र एक नाबालिका छोरी छिन् ।
मृतकका श्रीमान् प्युठ दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बास्केटबल खेल्न सुनसरीको इटहरी गएका बेला घटना भएको हो ।
शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
Previous
Next Post »