यता वोल वमको रौनकता छ । पशुपति प्राङ्गणमा । साउन महिनाभर धुमधाम मनाउने वोल वममा सहभागी श्रद्धालुहरु पुजाआजासँगै नाचगान गरिरहेका छन् । उता, साउने सोमवारको व्रतालुहरु भगवान शिवको पुजाको लागि लामवद्ध छन् । शान्त छन् ।
अपरान्हपछि पनि आराध्यदेव पशुपतिमा श्रद्धालु भक्तजनको भीड उल्लेख्य थियोे । श्रीमान–श्रीमति या आफना सन्तानहरुको सुख, शान्ति र दीर्घायूको साथै मुलुकको संवृद्धिको कामना गर्दै हिन्दु धर्मालम्वीहरु दिनभरी पुजाआजमा व्यस्त रहे । भगवान शिवको विशेष दिन सोमवार वेलपत्र, भाङलगायत महादेवका प्रिय सामग्रीहरु चढाए मनोचित्त पूरा हुन्छ भन्ने जनविश्वास छ ।
यस वर्ष पाँच वटा सोमवार परेको छ । भक्तजन हरेक सोमवार बढिरहेको छ । स्काउट, महानगरपालिका, शिव सेनालगायतका संघसंस्थाहरुले स्वयम्सेवक परिचालन गरेर पूजालाई व्यवस्थित गर्ने प्रयत्न गरेको छ ।
भक्तालुहरुको भीडमा पशुपतिको पहिचान मेट्न खोज्नेहरुको सद्वुद्धिको कामना गर्नेहरु पनि थिए ।
ConversionConversion EmoticonEmoticon