Deputy Prime Minister Thapa Gyanendra ekavihanai happy when Nirmal Niwas

काठमाडौं ।वाहालवाला सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा विहिवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्म दिनको शुभकामना दिन निर्मल निवासमा गएका थिए ।

उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले बिहान निर्मल निवासमै गएर पुर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिएर निर्मल निवासबाट फर्केका थिए ।पूर्वराजा शाहको बिहिबार ७० औं जन्मोत्सव हो । उनलाई शुभकामना दिन बिहानैदेखि राजावादीहरुको निर्मल निवासमा भीड लागेको छ ।

राप्रपा नेपालका एक केन्द्रीय सदस्यका अनुसार विहान ७ बजे गएर जन्म दिनको शुभकामना दिएर १ घण्टा बसेर करीब ८ बजे निर्मल निवासबाट मन्त्री क्वाटरमा र्फकिनु भएको बताए ।

देश संघिय लोकतान्त्रीक गणतन्त्र गईसकेको बेला सरकारका मन्त्रीले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत वकालत गर्दै हिड्नेगरेका छन् । तर पछिल्लो समय उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिँदै हिन्दुराष्ट्रको मुद्दालाई मात्रै सशक्त रुपमा उठाउँदै आएका थिए ।

यसरी उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिनु ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको भनि टिप्पणी हुँदै उनी निकट स्रोतले बताउछन् ।
Previous
Next Post »