![]() |
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले भूकम्पपीडित जनतालाई चाँडो सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पार्टीले भूकम्पपीडित जिल्लाका अधिकांश जनताले १५ महिनादेखि राहत र सहयोग नपाएर चुहिँदो झरीमा नै जीवन बिताउन बाध्य रहेको अवस्थामा उनीहरूलाई पुनःस्थापना गर्न आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा भूकम्पपीडितमाथि सत्ता र प्रतिपक्षको राजनीति नगर्न आग्रह गर्दै तत्काल जनतालाई आवश्यक राहत, प्राविधिक सहयोग तथा सुरक्षित आवासका लागि युद्धस्तरमा सहयोग गर्न र पीडित जनतालाई आश्वस्त तुल्याउन माग गरिएको छ ।
त्यसैगरी, दैनिक उपभोगका अत्यावश्यक वस्तुको चर्को मूल्य वृद्धिका साथै विद्युत् महसुलको थप वृद्धि, मुलुकमा व्याप्त भ्रष्टाचार, राजस्व ठगी, तस्करी र कालोबजारीले जनताको ढाड भाँच्ने र देशको विकासमा अवरोध पु¥याउने भएकाले त्यस्तालाई कारबाही गरी विधिको शासन स्थापना गर्न आग्रह गरिएको छ ।जनताका समस्याप्रति सचेत भई राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति खोजी गर्न पनि सुझाइएको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon