![]() |
सेनाको निर्णय बुधबारदेखि सुरु भई शुक्रबार मध्यरातसम्म लागू हुनेछ ।
सिरियाली सरकारद्वारा सन् २०११ पछिको द्वन्द्वका क्रममा मुलुकभरकै लागि भनेर युद्धबिराम गरेको यो पहिलो निर्णय हो ।
यद्यपि युद्धबिरामको निर्णयले इस्लामिक स्टेट ९आईएस० समूहलाई पनि समेटेको हो वा उनीहरुलाई बाहिर राखेर अन्य समूहका लागि युद्धबिराम गरिएको हो भन्ने कुरा प्रष्ट छैन ।
सन् २०१६ को फेब्रुअरी २७ मा यसअघि अमेरिका तथा रसियाको पहलमा भएको युद्धबिराममा सिरियाली आईएस विद्रोही र अलकायदा समर्थक सिरियाली सङ्गठन अलनुस्रा फ्रन्टलाई समेटेको थिएन ।
सरकारले सिरियाको उत्तरी प्रान्त अलेप्पोमा आईएसविरुद्धको लडाइँलाई जारी गर्दै विद्रोहीविरुद्ध सशक्त कारबाही थालेपछि फेब्रअरीको युद्धबिराम अन्त्य भएको थियो ।
सरकारी सेनाले युद्धबिरामको घोषणा गरेकै दिन बुधबार पनि सेना र विद्रोही पक्षबीच दमास्कस वरपरको क्षेत्रमा झडप भएको सिरियाली आईएस समूहका सैन्य प्रवक्ता यासेर अल तैयवले बताउनुभयो । रासस÷एपी
![]() |


ConversionConversion EmoticonEmoticon