Two girls died in a bus accident

झापाः अलग अलग स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी दुई बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार डाँगीबारी- ८ स्थित भित्री सडकखण्डमा देवकुल बोर्डिङ स्कुल, बेलडाँगीको बसको ठक्करबाट सोही ठाउँ निवासी १३ वर्षीया अनुष राईको मृत्यु भएको छ । प्रहरीका अनुसार साइकलमा सवार उनलाई मे१ख ९७२ नंको स्कुल बसले ठक्कर दिएको थियो ।

यसैबीच,  तोपगाछी-५ मा ना५ख १५१६ नंको बसको ठक्करबाट इलाम चुलाचुली-५ निवासी आठ महिनाकी नाबालिकाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा त्रिसला कुमालकी छोरीको मृत्यु भएको हो । रासस 
तस्बिर सच्याइएको छ ।
Previous
Next Post »