"Come to mind, but in the mouth 'Why does this happen? Science says?


तपाईँलाई कहिल्यै यस्तो भएको छ कि तपाईँलाई कुनै शब्द थाहा छ तर चाहिएको बेला भन्न सकिँदैन, त्यो शब्द जिब्रोको टुप्पमा आएर बिलाएर जान्छ। पक्कै पनि तपाईँलाई यस्तो भएकै हुनुपर्छ।

यस्तो सबैलाई हुन्छ। केहि कुरा व्यक्त गर्ने बेलामा मनमा चाहिँ ‘कसरी व्यक्त गर्ने, कुन शब्द प्रयोग गर्ने’ भन्ने थाहा हुन्छ तर बोल्ने बेला जिब्रोमा त्यो शब्द आउँदै आउँदैन। जति सम्झिने कोशिस गरेपनि केहि लाग्दैन। दिमाग पड्केला जस्तो हुन्छ, तैपनि त्यो शब्द याद हुँदैन।Tip of the Tongue

सामान्यतयाः हामी के गर्छौँ भन्दा यसलाई त्यति मतलब गर्दैनौँ, अहिले त्यसलाई ध्यान नदिए पछि आफै आउँछ भन्ने ठान्छौँ। तर वैज्ञानिकहरू भन्छन् कि यो सानो समस्या होइन, यो पनि एक किसिमको रोग हो, जसको नाम ‘लेथोलजिका’ (Lethologica) राखिएको छ।

कहाँबाट आयो यो शब्द?

‘लेथोलजिका’ अङ्ग्रेजी शब्द हो र यो त्यति धेरे पुरानो शब्द होइन। यो ग्रीक भाषाको २ शब्दबाट मिलेर बनेको हो।

पहिलो शब्द हो ‘लेथ’ (Leth)- मतलब भुल्ने बानी। र अर्को शब्द हो ‘लजिक’ (Logic)- मतलब तर्क। यी दुई शब्दलाई समग्रमा लेख्दा ‘लेथोलजिका’ (Lethologica) हुन आउँछ। ग्रिसकै पौराणिक कथाहरूमा ‘लेथ’ एक नदीको नाम थियो। संसारबाट भौतिक शरीर छाडेर जानेहरूले सांसारिक यादलाई भुलाउनको लागि यस नदीको पानी पिउने गर्थे।

याद भएकै शब्दलाई भन्न नसकिने यो समस्याको नाम २०औँ शताब्दीका प्रचलित मनोवैज्ञानिक ‘कार्ल गुस्ताव जङ्ग’ले राखेका थिए।

यो शब्द कसले बनायो अनि यो समस्याको नाम कसले राख्यो भन्ने कुरा त्यति महत्वपूर्ण होइन। तर यो चाहिँ पक्का हो कि सो समस्याको बारेमा अध्ययन गर्ने पहिलो व्यक्ति भनेका ‘कार्ल जङ्ग’ नै हुन्।

किन हुन्छ लेथोलजिका?

यसै समस्याको बारेमा अध्ययन गरिरहेका ब्रिटिस मनोवैज्ञानिक ‘टम स्टाफोर्ड’ भन्छन्- “हाम्रो दिमागले कम्प्यूटर जस्तो काम गर्दैन, कुनै कुरालाई सर्च गर्यो अनि झ्याप्पै उत्तर मिल्यो!”

वास्तवमा भन्नुपर्दा कुनैपनि शब्द वा जानकारीलाई हामीले जति गहिरिएर बुझ्छौँ, महशुस गर्छौँ, हाम्रो दिमागले त्यसैअनुसार उक्त शब्द वा जानकारीलाई दिमागको भिन्दाभिन्दै ठाउँमा लगेर राख्दछ।

कुनै पनि व्यक्तिले आफ्नो जीवनभरी पढेको र देखेको सबै शब्दलाई याद गर्नु असम्भव नै हुन्छ। अङ्ग्रेजी भाषाकै कुरा गर्दा- अक्सफोर्ड डिक्सनरीमा आजसम्म करीब ६ लाख भन्दा बढि शब्द समावेश गरिएको छ, तर अझैपनि यसमा कतिपय अङ्ग्रेजी शब्दहरू समावेश गरिएका छैनन्।

विज्ञहरू भन्छन् कि साधारणतयाः हरेक व्यक्तिले बोल्न र लेख्नका लागि औषत ५० हजार शब्दको प्रयोग गर्छन्। यसलाई विज्ञहरूको भाषामा कुनै पनि व्यक्तिको ‘सक्रिय शब्दकोष’ (Active Dictionary) भनिन्छ। तर यी शब्दहरू बाहेक अन्य थुप्रै शब्दहरू पनि त्यस व्यक्तिलाई थाहा हुन्छ। फरक यत्ति हो कि, त्यसलाई अरूभन्दा थोरै नै प्रयोग गरिन्छ।

दिमागले यहि तथ्यलाई मध्यनजर गरेर ती कम प्रयोग हुने शब्दलाई कम प्राथमिकताअनुसार नै स्टोरेजमा राख्दछ। अनि यसरी कम प्राथमिकतामा स्टोरेज गरिएका शब्दलाई हामीले सजिलै याद गर्न सक्दैनौँ। त्यो शब्द हामीलाई थाहा हुन्छ, हामीले १/२ चोटि पढेका पनि हुन्छौँ, तर दिमागबाट त्यसलाई कब्जा गरेर बोल्न सकिँदैन।
यसको राम्रो उदाहरण दिनुपर्दा- तपाईँसँग मानौँ ५ वटा पेनड्राइभहरू छन्। एक दिन तपाईँले कुनै साथीलाई एउटा पेनड्राइभ दिनुभयो र पछि मिलेको बेला फिर्ता लिन्छु भन्नुभयो। तपाईँले यस्तो निर्णय गर्ने बित्तीकै दिमागले अब त्यसलाई कम प्राथमिकताको श्रेणीमा राख्दछ। अनि धेरै समयपछि तपाईँले केवल ४ वटा पेनड्राइभ मात्रै देख्नुहुन्छ। त्यतिबेला तपाईँलाई यति थाहा हुन्छ कि कसैलाई दिएको छ, तर यो याद हुँदैन कि कसलाई? यहि हो लेथोलजिका- मनमा छ तर मुखमा आउँदैन!
यसरी नै हाम्रो दिमागमा कैद भएर बसेका थुप्रै शब्द अनि जानकारीहरू हुन्छन्, तर चाहिएको बेला त्यसलाई याद गर्न सक्दैनौँ। मतलब त्यस जानकारीसँगको सम्बन्ध बिच्छेद भैसकेको हुन्छ।
कहिलेकाहिँ झुक्किएर भुलेका ती कुराहरू याद आउँछन्। तर यस्तो हुने सम्भावना एकदमै कमि हुन्छ। कि चाहिँ तपाईँलाई कसैले याद दिलाइदिनुपर्छ, नत्र भने तपाईँ आफैले त्यसलाई याद गर्न मुश्किल नै पर्दछ।
Previous
Next Post »