The girl drowned in the pool, three went together to bathe death


सुनसरीको अमडुवा गाविस–९ स्थित रहेको पोखरीको पानीमा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।

स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको स्थानीय शतेन्द्र मेहताले जानकारी दिनुभयो ।

गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला स्थानीय ११ वर्षीया करुणा उराँव, १३ वर्षीया दिपीका उराँव र सोही ठाउँकी १० वर्षीया नन्दनी उराँवको डुबेर मृत्यु भएको मेहताले बताउनुभयो ।

यता तीनै बालिकाको एक साथ डुबेर मृत्यु भएको पुष्टि गर्दै सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले शव परीक्षणका लागि ल्याउन प्रहरी टोली साँझ घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो ।

उपरीक्षक पोखरेलका अनुसार तीनै बालिका स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला परेका हुन् ।

उनीहरुको परिवारजनका अनुसार गर्मी भएकाले विद्यालय छुट्टी भएपछि घरबाट निस्केको र खोज्दै जाँदा मृत भेटिएको हो । घटना भएपछि स्थानीय शोकमा डुबेका छन् भने परिवारजनमा रुवाबासी भएको छ ।

Previous
Next Post »