![]() |
गाजलु हिट भयो तर हिरोइन सृष्टि श्रेष्ठका कारण होइन, अनमोल केसीको स्टारडमले । सृष्टिको अभिनयले काफी चर्चा नै बटुल्यो । तैपनि, यसलाई उनले आफ्नो क्रेज अकासिएको रुपमा अथ्र्याइन्, आखिर गाजलु डेब्यु फिल्म न पर्यो । त्यसैले त आफ्नो पारिश्रमिक पनि ह्वात्तै बढाउने भूत चढ्यो उनलाई, जसरी ड्रिम्सपश्चात् साम्राज्ञीराज्यलक्ष्मी शाहले बढाएकी थिइन् ।
विनय श्रेष्ठले बनाउन लागेको रोमियो एन्ड मुनामा जब सृष्टिलाई अफर आयो, तब उनले आठ लाख रुपियाँ मागिन् । पक्का पनि उनको क्रेज र अभिनय कौशलभन्दा माथिको रकम थियो यो । त्यसैले निर्माण पक्ष बिचकियो । नयाँ हिरोइनको खोजीमा लाग्यो ।
गाजलुपछि कुनै फिल्ममा अनुबन्ध नभएकी सृष्टिको मुखमै आएको फिल्म फुत्कन लागेपछि निदहराम नहुने कुरै भएन । त्यसैले त डिमान्डमा भारी ‘डिस्काउन्ट’ दिएर तीन लाख रूपियाँमा खुम्चिन बाध्य भइन् । धन्न फिल्मचाहिँ फुत्केन !
![]() |


ConversionConversion EmoticonEmoticon