![]() |
ग्यास्ट्रिक नभएको व्यक्ति कमै भेटिन्छन्। कसैको ग्यास्ट्रिक चाँडै निको हुन्छ भने कसैलाई जे-जति गरेपनि लामो समयसम्म सताइरहन्छ। सामान्यतया, खाना खाने समयमा अनियमितता आउनाले अथवा धेरै दिनसम्म असन्तुलित भोजन गर्नाले ग्यास्ट्रिकको समस्या आउन सक्दछ। तर यी बाहेक अन्य थुप्रै कारणहरू हुन्छन् जसले हामीलाई ग्यास्ट्रिक गराउँदछ।
के हो ग्यास्ट्रिक?
धेरैजसोले पछाडिको कम्मर दुख्ने, पेट दुख्ने र धेरै पाद आउने समस्यालाई ग्यास्ट्रिक भनेर बुझ्ने गर्छन्। तर त्यो त ग्यास्ट्रिकको लक्षण मात्रै हो।
वास्तवमा, ग्यास्ट्रिक भनेको हाम्रो आमाशय (पेट)को भित्तामा हुने जलन वा पीडा हो। जब हानिकारक ब्याक्टेरियाले हामीले खाएको खानालाई पचाउन मद्दत गर्ने पेटको भित्तामा भएको कोषमा क्षति पुर्याउँछ, तब हाम्रो पेटमा भएको ग्यास्ट्रिक जुस (Concentrated HCl) ले क्षति पुगेको ठाउँमा असर गर्दछ, जसको कारण पेट पोल्ने अनि फुल्ने जस्ता समस्या आउँदछ।
ग्यास्ट्रिक विशेषतः २ प्रकारका हुन्छन्:-
तीव्र ग्यास्ट्रिक:- पेटको भित्तामा भएको ‘म्यूकोसल कोष’मा त्यति धेरै क्षति नपुगेको अवस्थालाई तीव्र ग्यास्ट्रिक भनिन्छ। यस्तो ग्यास्ट्रिकलाई तुरुन्तै उपचार गर्दा चाँडै निको हुन्छ।
दीर्घकालीन ग्यास्ट्रिक:- जब म्यूकोसल कोषमा अत्याधिक क्षति पुग्छ, तब त्यो घाउ निको हुन लामो समय लाग्छ। यस्तो अवस्थालाई दीर्घकालीन ग्यास्ट्रिक भनिन्छ।
के कुराले गराउँछ ग्यास्ट्रिक?
दुवै तीव्र र दीर्घ ग्यास्ट्रिकको एउटै कारण भनेको ‘हेलिकोब्याक्टर पाइलोरी’ (Helicobacter pylori- H.pylori) नामक ब्याक्टेरियाको प्रजातिले पेटको म्यूकोसा कोषलाई सङ्क्रमण गर्नु हो। यो ब्याक्टेरियाले सुरुमा एण्ट्रम कोष (एसिड उत्पादन नगर्ने म्यूकोसा कोष) मा सङ्क्रमण गर्दछ र बेलैमा उपचार नगरे बिस्तारै सबै कोषहरूमा सङ्क्रमन गर्दछ, जसले दीर्घकालीन ग्यास्ट्रिक निम्त्याउँछ। यति बेलासम्म पनि उपचार नगरे त्यो सङ्क्रमण बिस्तारै अल्सर अनि क्यान्सरमा परिणत हुँदै जान्छ।
कुनै-कुनै औषधीको साइडइफेक्टले पनि ग्यास्ट्रिक गराउन सक्दछ। तथापी, ग्यास्ट्रिक गराउने थुप्रै कारणहरू हुन्छन्, तीमध्ये यी कारणहरू मूख्य हुन्:-
ब्याक्टेरिया, भाइरस र कीटाणुको सङ्क्रमण
लागूपदार्थ- कोकेन (सबैभन्दा बढि लत लगाउने ५ लागूपदार्थ)
रक्सी (के थौरै रक्सी सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ?)
एलर्जी (एलर्जीबाट बच्ने उपायहरू)
तनाव (तपाईँलाई जतिबेला पनि थकाई लाग्छ? किन थाहा छ?)
विकिरण (सुत्ने समयमा यी ७ गल्ती भुलेर पनि नगर्नुस्)
फूड पोइजनिङ्ग
फ्याटि एसिड अथवा ग्यास्ट्रिक एसिड बढाउने खानेकुरा
यसलगायत हामीले दैनिक खाने खानेकुराहरूले पनि ग्यास्ट्रिक गराउनमा महत्वपूर्ण भूमीका खेलिरहेको हुन्छ। जस्तै;
दूग्धपदार्थ- दूध चिया र दूध कफीले ग्यास्ट्रिक निम्त्याउँदछ
(दूध चिया ठीक कि कालो चिया?)
सुन्तला र अङ्गुरको जुस
मरिच, खुर्सानी
फ्राइ गरेको खानेकुरा
बोसोयुक्त खानेकुरा
ग्यास्ट्रिकका लक्षणहरू के-के हुन्?
अचम्मलाग्दो कुरा के छ भन्दा, अधिकांशमा उचित जाँच नगरेसम्म ग्यास्ट्रिकको कुनै पनि लक्षण नदेखिने हुन सक्छ। तर, प्रायजसो ग्यास्ट्रिक भएका व्यक्तिहरूमा निम्न लक्षणहरू देखिन सक्छन्:-
पेट फुल्ने, पोल्ने
पखाला लाग्ने
पाद र ढ्याउ आइराख्ने
जति बेला पनि दिशा बस्न मन लाग्ने
खानमा रुचि घट्ने (मलाई किन जतिबेला पनि भोक लागिरहन्छ?)
ढाड र कम्मर दुख्ने (हाडजोर्नी दुख्ने समस्या छ? यी ७ कुरामा ध्यान दिनुहोस्)
माइग्रेन भएकाहरूलाई ग्यास्ट्रिक हुन गएमा टाउको दुख्ने मात्रा अत्याधिक हुन थाल्छ (टाउको फुट्ला जस्तो गरी दुख्छ? माइग्रेन पो भयो कि?)
ग्यास्ट्रिक कम गर्ने खानेकुराहरू
ग्यास्ट्रिक आफैमा खासै ठूलो समस्या होइन, तर जब हामीले यसलाई सानो समस्या भनेर हेलचेक्र्याईँ गर्न थाल्छौँ, तब यसले विकराल रूप लिन थाल्दछ। त्यसैले आफूलाई ग्यास्ट्रिक भएको जस्तो महशुस हुने बित्तीकै उचित उपाय अपनाइहाल्नुपर्छ।
विशेष गरी नियमित सन्तुलित भोजन गर्ने अनि बढि चिल्लो, पिरो र अमिलो खानामा कमि गर्नाले ग्यास्ट्रिकको समस्या नहुने सम्भावना बढि हुन्छ। कसै-कसैले अल्छि गरेर अथवा नभ्याएर ३/४ दिनसम्म पनि खाना नखाई बसिरहेका हुन्छन्, त्यस्तो व्यक्तिलाई ग्यास्ट्रिक हुने पक्का हुन्छ।
फेरि कहिलेकाहिँ ख्याल गर्दागर्दै अनि नचाहँदा नचाहँदै पनि ग्यास्ट्रिकको समस्या झेल्नुपर्ने बाध्यता आउन सक्दछ। यस्तो किन हुन्छ भन्दा माथि उल्लेखित खाना, जसले ग्यास्ट्रिक गराउँदछ, त्यस्तो खाना खाँदा पनि ग्यास्ट्रिकले सताउने गर्दछ।
ग्यास्ट्रिक भैसकेपछि त्यसको रोकथाम गर्ने एउटै उपाय भनेको H.pylori ब्याक्टेरियालाई नष्ट गर्नु हो। त्यसको लागि निम्न खानेकुराहरूले मद्दत गर्दछ:-
कालो अथवा हरीयो चिया (कालो चियाको बारेमा रोचक कुरा: इतिहास देखि फाइदा बेफाइदा)
दही (गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…)
पुदिना
गहुँको आँटाको रोटि (यी ४ कारणले गर्दा भुलेर पनि नखानुस पाउरोटी)
गाँजरको जुस (रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा)
नरीवलको पानी
हरीयो सागपात (यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग…)
प्याँज (प्याँज काट्दा किन आँशु आउँछ?)
लसुन (यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन)
स्याउ (यसकारण स्याउ धेरै खानुहुँदैन)
क्रानबेरी जुस
ब्रोकाउली (यदि तपाईँ शुद्ध शाकाहारी हुनुहुन्छ भने प्रोटिनको लागि यी खाना खानुहोस्)
सोयाबिन (तपाइँलाई थाहा नहुन सक्छ सोयाबिन खाँदा यस्तो फाइदा)
टुसा पलाएको गेडागुडी (उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा)
यी खानेकुराहरूले ग्यास्ट्रिकलाई कम गर्ने काम मात्र गर्दछ, सँधैको लागि निर्मुल गराउन सक्दैन। यदि तपाईँलाई लामो समयसम्म ग्यास्ट्रिकले सताइरहेको छ भने एकचोटि चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ। किनभने लामो समयसम्मको ग्यास्ट्रिकले अल्सर र क्यान्सर समेत निम्त्याउन सक्दछ।
![]() |



ConversionConversion EmoticonEmoticon