57 VDC solar light distribution ramitekhola family

सुगम जिल्लाको दुर्गम गाँउ भनेर चिनिने मोरङको रमितेखोला गाविसका ५७ परिवारलाई सोलार बत्ती वितरण गरिएको छ । अहिले सम्म विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको रमितेखोला गाविसमा सोलार वितरण पछि सो गाविसको ३, ४ र ९ नम्बर वडा अन्धकारमुक्त भएको छ ।

सांसद विकास कोषको ३ लाख ४० हजार, जिल्ला विकास समितिको १ लाख १० हजार, रमितेखोला गाविसको ७० हजार र स्थानीयको २८ हजार ५ सय रुपैया लागतमा ती घरपरिवारलाई सोलार वितरण गरिएको हो । उनीहरुलाई सोलार प्यानल, तीन वटा बल्ब, एउटा व्याट्री र सोलार जडान गर्न आवश्यक तार र स्वीच लगायतका सम्पूर्ण सामग्री उपलब्ध गराइएको छ । सो गाविसमा ३ हजार ७ सय जनसंख्या रहेको छ ।
Previous
Next Post »