A man 13 pregnant wife together

काठमाडौं: नेपालमा एक पुरुषले दुईजनालाई पत्नी बनाएमा जेलको बास बस्नुपर्छ । नेपाली काननुले एक पुरुषले एकमात्रै महिलालाई पत्नी बनाउने मन्जुरी दिएको छ ।
तर, नाइजेरियामा भने एक पुरषले १३ जनालाई पत्नी बनाएका छन् । यी पुरुषले १३ जनासँग बिहे गरेको कुराले कुनै चर्चा पाएको थिएन । तर उनीहरु एकसाथ गर्भवती भएको खबर अहिले भाइरल भइरहेको छ ।
यी १३ जना महिला एउटै महिनामा गर्भवती भएको दाबी गरिएको छ । उनीहरुसँगै उभिएर उनका पतिले खिचेको तस्बिर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भइरहेको छ।
१३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।
यो तस्बिरले अहिले फेसबुकसहितका सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ । आफ्ना एकल पतिसँग तस्बिर खिचाएका यी गर्भवती महिलाहरुले आफूहरुले उनलाई रोजेकोमा समेत कुनै पछुतो नमानेको समाचारमा जनाइएको छ ।
उनीहरुले आफूहरु आफ्ना एकल पतिको यौनसम्बन्धबाट गर्भवती भएको भन्दै आफूहरुलाई यसो भन्दा कुनै अफ्ठेरो नभएको प्रतिक्रिया दिएका छन् ।यी १३ जना गर्भवती महिला एकअर्काको समस्यालाई ख्याल गर्दै एकै ठाउँमा बसिरहेका छन् ।


Previous
Next Post »