![]() |
झापाको तोपगाछी ५ मा ना. ५ ख १५१६ नम्बरको बसले ठक्कर दिंदा ईलाम चुलाचुली ३ बस्ने वर्ष १९ कि त्रिसला कुमालको काखमा रहेको आठ महिनाकी नाबालिकाको उपचारकाक्रममा मृत्यु भएको छ। कुमाललाई आज बिहान ०९३० बजे तोपगाछी–५ स्थित चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको रात्री बसले ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते आमा छोरीलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा छोरी उक्सना कुमालको सोही अस्पतालमा मृत्यु भएको हो। आमा त्रिसलालाई थप उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने बस र चालक इलाका प्रहरी कार्यालय दकमको नियन्त्रणमा रहेको छ।
त्यसैगरी मोरङको डाँगीबारी–८ भित्री सडक खण्डमा आज विहान ०९१५ बजे बिगुल वोर्डिङ स्कुल, बेलडाँगीको बसले सोही ठाउँ बस्ने वर्ष १३ की साइकलयात्री अनुसा राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ। बस तथा चालकलाई इलाका प्रहरी कार्याल घैलाडुब्बाले नियन्त्रणमा लिएको छ।
![]() |


ConversionConversion EmoticonEmoticon