Female 42 years in bed sick with congenital disabilities forced to live

म्याग्दी, २३ असार । जन्मेदेखिनै ४२ वर्षसम्म पनि कोही मानिस ओछ्यानमै रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविक घटना हो ।

म्याग्दीको भगवती–७ हुमेनटोलकी पदमकुमारी रिजाल जन्मदेखि नै अपाङ्गता भएपछि ओछ्यानमै थला परेकी छिन् ।

विसं २०३१ मा आमा हरिकला र बुबा पृथुलाल रिजालको माइली छोरीका रुपमा जन्मिएकी रिजालको शरीरको कुनै अङ्गले काम नगरेपछि उनी आफ्नो जीवनको ४२ वर्ष बितिसक्दासमेत जन्मेदेखि नै ओछ्यानमै जीवन बिताउन विवश बनेकी हुन् ।

पदमकुमारी सुताएको ठाउँबाट हलचल गर्न र बोल्नसमेत सक्दिनन् । उनलाई खाना खुवाउनेदेखि सबै काम अरूले गरिदिनुपर्छ । घरमा उनी मात्रै होइन पदमकुमारीकी जेठी दिदी चेतकुमारीसमेत अपाङ्गता भएकी छिन् ।

वाक र बहिरा अपाङ्गता रहेकी चेतकुमारीले जन्मेदेखि नै थला परेकी बहिनी पदमकुमारीको स्याहार गर्दै आएकी छिन् । पदमकुमारी जन्मेको सात महिनासम्म सामान्य नै थिइन् ।

‘‘भुइँमा एक्लै पल्टेर खेल्थी, आवाज निकाल्थी, आठ महिनामा बिरामी परी, त्यसपछि बेनीमा लगेर उपचार पनि ग¥र्यौं, तर उसको शरीरका अङ्गले काम नै गरेनन््”, उनकी आमा हरिकलाले भनिन् । छोरीलाई घरमा डालीमा राखेर बस्न सक्ने बनाउन पनि खोजे रिजाल परिवारले । गाउँमा झारफुक पनि गरे । अस्पतालमा पनि लगे । तर कहीँबाट केही उपाय ननिस्किएपछि उनीहरु ओछ्यानमै ढलेकी छोरीलाई हेरेर बस्न विवश छन् ।

“अहिलेको जस्तो सुविधा त्यतिबेला थिएन, गाउँमा गर्ने सबैखालका उपचार गर्दासमेत माइली छोरी पदमकुमारी कहिल्यै उठ्न र बोल्न सक्ने भइनन्, अहिलेको जस्तो उपचार सेवा पाएको भए सायद निको हुने थियो होला, आर्थिक अभावले त्यतिबेला उपचारका लागि ठूला ठाउँमा पु¥याउन सकेनाँै”, आमा हरिकलाले चिन्तीत हुनै भनिन् ।

अपाङ्गता भएकी पदमकुमारीलाई बिहानदेखि बेलुकीसम्म नै रेखदेख गर्ने एकजना सहयोगी आवश्यक पर्छ । ‘‘काम विशेषले घर छाडेर बाहिर गएँ भने पनि यिनैको याद आउँछ, कतै छोरी भोकै भई कि ? कतै केही पो भयो कि ? भनेर चिन्ताले सताउँछ, आफ्नो सन्तानजस्तो भएपनि प्यारो हुँदोरहेछ”, उनले थपिन् ।’ सामान्य पुरोहित पेसाबाट परिवार चलाएका घरमुुली पृथुलाल रिजाल दुवै छोरी अपाङ्ग भएपछि उनीहरुको पालनपोषणमा समस्या भएको बताउँछन् ।

अहिले दुवै अपाङ्गता भएका छोरीको परिचयपत्र बनाएका छाँै, मासिक रुपमा गाविसबाट आउने भत्ताले उनीहरुलाई लगाउने कपडा किनिदिन्छाँै, केही वर्षअगाडि केही सहयोगदाताले सहयोग गर्छौं भनेका थिए, सुरुमा सहयोग पनि गरे, पछाडि सम्पर्कमा आएनन,’’ रिजालले थपे ।
Previous
Next Post »