India still has recollections of war - China


२० असार, एजेन्सी ।

चीनले भारतलाई गम्भिर आरोप लगाएको छ । भारत अझै पनि युद्धको धङधङीमा रहेको चीनको आरोप छ ।

भारतीय निर्माताले भने- नेपालीलाई देशभक्तिले भ्रमित पारेको छ (भिडियो सहित)

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतको चर्को आलोचना गरेको हो । परमाणु आपुर्तीकर्ताको समूहमा बस्न चाहेको भारतलाई चिनियाँ मिडियालाई युद्धको धङधङीको सज्ञा दिएको छ ।

सम्पादकीयमा भारतले चीनको बदनाम गर्नुको साटो अन्तराष्ट्रिय समर्थन जुटाउनु बुद्धीमानी हुने उल्लेख छ । भारत अझै पनि १९६० को युद्धको धङधङीमा बाँचिरहेको समेत चीनको भनाइ छ ।

भारतले चीनको बदनाम गर्नुको साटो अन्यदेशसँग समर्थन लिनतिर लाग्न पनि ग्लोबल टाइम्सले सुझाव दिएको छ ।

Previous
Next Post »