Maoist-led government pressure to leave

२२ असार, काठमाडौं।
अधिकांश हेडक्वार्टर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् ।
१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वार्टर सदस्य मणि थापाले जानकारी दिए ।

बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा कतिपय नेताहरुले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए ।

‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन । सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’ साहले भने । आजको नागरिक दैनिकमा खबर छ ।
Previous
Next Post »