![]() |
प्रधानमन्त्री ओली निकटका नेता प्रदीप ज्ञवाली सहमतीय सरकारका लागि प्रधानमन्त्री सधैं खुल्ला रहेको बताउँछन् । ‘अहिले मधेस समस्या समाधान, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको लागि पनि मिलेर जानुपर्ने अवस्था छ’ ज्ञवालीले नेपाली हेडलाइन्ससँग भने, ‘कम्तीमा कांग्रेस, एमाले र माओवादी सम्मिलित हुने गरी सहमतीय सरकार बन्ने अवस्था आए प्रधानमन्त्री नेतृत्वको विषयमा खुल्ला हुनुहुन्छ । उहाँले यो भन्दै पनि आउनुभएको छ ।’
तर, सहमतीय सरकार बन्ने अवस्था नआएसम्म प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्छ भन्नेमा दम नभएको पनि उनले बताए । ‘तत्काल सहमतीय सरकार बन्ने अवस्था देखिएको छैन । यस्तै अवस्थाका बीच प्रधमानमन्त्री राजीनामा दिनुपर्छ भन्ने माग र भनाईमा कुदै दम छैन ।’ ज्ञवालीले भने ।
माओवादी नेतालाई हतारो
पछिल्लो समय माओवादी केन्द्रका केही नेतालाई ९ बुँदेको कार्यान्वयनभन्दा सरकारमा जाने हतारो भएको आरोप उनले लगाए । ‘९ बुँदेप्रति हामी प्रतिवद्ध छौं । ९ बुँदेका भावना बजेटमा पनि परेका छन् । शान्ति प्रक्रियाका विषयमा पनि हामीले प्रतिवद्धता जनाएका छौं । माओवादी अध्यक्षलाई शान्ति प्रक्रियाकै अप्ठ्यारोका कारण अष्ट्रेलिया भ्रमणमा नजान प्रधानमन्त्रीले रोक्नुभयो’ ज्ञवाली भन्छन्, ‘माओवादीका केही साथीहरुका सरकार फेर्ने बारे आएका अभिव्यक्ति सन्दर्भ सहमतिका बेलाभन्दा पनि राजनीतिक मान्यताले बोलेका हुन् ।’ ९ बुँदे सहमतिमा प्रतिवद्ध नहुने माओवादी नेताहरु सरकार फेर्न सके मन्त्री बन्ने अभिलाषा पूरा गराउन लागेकोले सरकारका विरुद्ध लागेको बुझाई ओली निकट नेताहरुको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon