![]() |
दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।
रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ ।
चौधरीको शवनजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खतसमेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon