![]() |
२२ असार, एजेन्सी।
सलमान खानको नयाँ फिल्म ‘सुल्तान’ आजबाट रिलिज भएको छ। सलमानसंगै फिल्ममा अनुष्का शर्माको अभिनय देख्न सकिन्छ। भारतमा ४५०० स्क्रिनमा रिलिज गरिएको सुल्तानले कमाइको सबै रेकर्ड तोड्ने अनुमान हप्ता दिन अघि देखिनै लगाइदै आएको छ।
पढ्नुस् सुल्तानले तोड्न सक्ने पाँच रेकर्ड:
१. स्पोर्टर्स र बलिउडले एकसाथ बक्स अफिसमा त्यस्तो धमाका गरेको छैन। अहिलेसम्म बक्स अफिस कलेक्सनको हिसाबमा फरहार अख्तरको बायोपिक फिल्म ‘भाग मिल्खा भाग’ सबैभन्दा हिट रह्यो। यो रेकर्ड ‘सुल्तान’ले तोड्न सक्छ। यसमा सलमानको जबरजस्त एक्सनको साथ कुश्ती देखाइएको छ।
२. सलमान खानको फिल्म बलिउड बक्स अफिस कलेक्सन र ठूला रेकर्ड बनाउनको लागि चिनिन्छ। सलमानका पछिल्ला फिल्म ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ को कलेक्सनको कुरा गर्ने हो भने यी फिल्मको पहिलो दिनको कलेक्सन शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’को पहिल दिनको कलेक्सन भन्दा कम थियो। ‘ह्याप्पी न्यू इयर’ले ४४.९७ करोड भारु संकलन गरेको थियो। यो पटक ‘सुल्तान’ले यो रेकर्ड तोड्ने अनुमान लगाइएको छ।
३. सलमानको पहिलो दिनको कमाईमा अहिले सम्मको सबैभन्दा ठूलो फिल्म ‘प्रेम रतन धन पायो’ हो। यसले पहिलो दिन ४०.३५ करोड भारु कमाइ गरेको थियो। तर ‘सुल्तान’को हिट ट्रेलरको साथ ‘प्रेम रतन धन पायो’ को रेकर्ड तोडिने देखिन्छ।
४. ‘सुल्तान’ले रिलिजको साथ एक नयाँ रेकर्ड बनाउने छ। यो रेकर्ड हो, सलमानको १०० करोड क्लबमा पुग्ने १० औँ फिल्म। यो बलिउडका कलाकारमा अहिलेसम्मकै ठुलो रेकर्ड हुनेछ।
५. सलमानसंगै सुल्तानकी अनुष्का शर्मा पनि ठूलो ब्लकबस्टर सावित हुनेछिन्। अनुष्काको अहिलेसम्मको सबैभन्दा हिट फिल्म ‘पीके’ हो। ‘पीके’ बलिउड बक्स अफिसमा कलेक्सनको हिसाबले आज सम्मको सबैभन्दा ठूलो फिल्म हो, जसलाई ‘सुल्तान’ले तोड्ने अनुमान लगाइएको छ।
![]() |





ConversionConversion EmoticonEmoticon