काठमाडौं । कार्यक्रम सिधा कुरा जनतासँग प्रशारणमा आएसँगै फरक–फरक प्रकृतिका धेरै गुनासो हामीसँग आउँछन् । कतिपय गुनासा र समस्या हामीले समाधान गरायौँ । यस्तै घटनामध्ये कार्यक्रमको १९ औँ श्रृङखलामा इराकमा बेचिएकी एक नेपाली चेली स्काइपमार्फत हाम्रा कार्यक्रममा लाइभ गुहार माग्न आइन् ।
हामीलाई अप्रत्याशित रुपमा आएको यो स्काईप कलले स्तब्ध त पा¥यो तर त्यसैबखत हामीले हाम्रा दर्शकहरुलाई लाईभ कार्यक्रममा यस्तो वाचा गरेका थियौं ।
उनी थिइन्, रसुवा चिम्लेकी २४ वर्षीय कविता तामाङ । रोजगारीको लागि विदेशिन खोज्दै गर्दा लाटा भनेर चिनिने शाम्देन लामा उनको सम्पर्कमा आयो । लामाले कवितालाई एक ठाउँमा भनि अर्काे ठाउँमा पु¥यायो । तामाङसहित ईराक पुगेका नेपाली युवतीहरु बग्दादको विमानस्थल पुग्दा पनि थाहा पाएनन् आफूहरु बेचिएको । विमानस्थलबाट गाडी चेन्द गर्दै उनीहरुलाई अफिस लगियो । जहाँ आफ्नै अघि नेपाली चेली बलत्कार भएको देखिन् कविताले ।
मानव बेचविखन हुने उक्त कार्यालयमा पुगेपछि मात्र कविताले थाहा पाईन आफू १३ हजार डलरमा बेचिएको कुरा । इराकमा उनी एक प्रहरी अफिसरको घरमा बेचिएकी थिइन् । उनलाई घरभित्रै बन्दक बनाई दैनिक १६ घण्टाभन्दा बढी काममा लगाइन्थ्यो । उनीसँगै ईराक पुगेका चेलीहरु अझै उद्दारको पर्खाइमा छन् ।
साथीहरुको र आफ्नो दैनिकीबाट अब बाँच्दैनौ जस्तो लागेपछि कविता हाम्रो कार्यक्रममा सम्पर्क गरेकी रहिछन् । हाम्रो कार्यक्रममा उनले दर्दानाक अवस्था सुनाएपछि सिधाकुरा जनतासँगको टिम तत्काल गोप्य तरिकाले उद्दारमा लाग्यो । यसबीच हामीले सम्पर्क ग¥यौं शक्ति समूहलाई जसले धेरै चेलीहरुको उद्दार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कमाएको छ । शक्ति समूहकी सुनिता दनुवार जो आफैँ मानव बेचविखनकी शिकार बनेर पनि मानव बेचविखन विरुद्व दर्जनौं सफलताहरु हाँसिल गर्दै धेरैको प्रेरणाको स्रोत बनेकी छिन् । हाम्रो टिम र शक्ति समूह मिलेर सम्पूर्ण कानुनी प्रक्रियासँगै कविता तामाङसहितका युवतीहरुलाई नेपाल फर्काउन प्रण गर्दै लागि प¥यौं ।
कविता तामाङका बारेमा शक्ति समूहले प्रहरीसँग समन्वय गरेपछि अपराध महाशाखा टेकुले शाम्देन लामालाई नियन्त्रणमा लियो । लामालाई समातेपछि हाम्रो टिम र शक्ति समूहले कवितालाई नेपाल फर्काउनका लागि सबै प्रक्रिया पुरा ग¥यौँ । अन्तत इराकमा बेचिएकी कविता तामाङले चैत ६ गते राती ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेकिन् । विमानस्थलमा कवितालई रिसिभ गर्न हाम्रो टिमका साथै शक्ति समूहबाट बाला भट्टराई र मनमाया दोङका साथै अपराध महाशाखाबाट प्रहरीको टोली पनि पुगेको थियो । यो पल कविता तामाङ मात्र नभई हामी सबैको लागी खुसीको पल थियो ।
१६ महिना १६ घण्टाभन्दा बढी खटिएपनि नेपाल आउँदा खाली हात आईन् कविता ।
कविता नेपाल आएपछि धेरै दिन उनी शक्ति समूहको सहकार्यमा विभिन्न काम गर्दै व्यस्त भईन । कार्यक्रम प्रशारण गर्न समय जुरेपछि बुधवार हामी सबै हाम्रो कार्यालयमा जम्मा भयौं । त्यही समयमा हामीले कवितालाई उद्दार गर्न सहयोग गर्ने शक्ति समूहकी सुनिता दनवारलाई पनि बोलायौं । ईराकमा बेचिएकी कविता एक्ली होईन् । अझ कविता तामाङ जस्ता थुप्रै नेपाली युवतीहरु इराकमा बेचिएका छन् । अन्य नेपाली चेलीहरुको पनि शक्ति समूहको बिषेश पहलमा उद्दारको प्रक्रिया चलिरहेको छ ।
मात्र १० गते स्काईपमार्फत हाम्रो सम्पर्कमा अएकी कविता चैत ६ गते नेपाली आईन । कविताको उद्दार गर्न करिव २ महिनाको समय लाग्यो । यसबीच हाम्रा धेरै दर्शकहरुले कविता तामाङको विषयलाई किन फ्लो नगरेको भनि प्रश्न गरेका थिए । अनि धेरै दर्शकहरुले कवितालाई नेपाल फर्काउन आफूहरुले सहयोग गर्न प्रतिबद्धता जनाए ।
अंकित शाहले कवितालाई उद्दार गर्न १३ हजार डलर धेरै भएपनि आफूले सक्ने सहयोग गर्न तयार भएको बताए । यस्तै विशाल भूर्तेललगायतका दर्शकहरुले कवितालाई उद्दार गर्न पैशा संकलन गर्न आफूहरु तयार भएको बताए । लामालाई नेपाल ल्याउन र उनलाई बेच्नेहरुलाई समात्न अनुसन्धानको काम भईरहेकाले हामीले त्यतीबेला कवितावारे फ्लोअप गर्न सकेनौं ।
ConversionConversion EmoticonEmoticon