The career path hurdles marriage?The career path hurdles marriage?


वर्किङ वुमेनको आवश्यकता चाहे घर होस वा अफिस, दुवै स्थानमा समान रूपबाट हुने गर्दछ र दुवै ठाउाप्रति उसको समान जिम्मेवारी पनि हुने गर्दछ । यस्तो आफ्नो श्रीमान, बालबच्चा र सहकर्मी सबैको सहयोग अपेक्षित हुने गर्दछ । हरेकलाई आफ्नो उपयोगिताको विश्वास पनि दिनुपर्ने हुन्छ । तिनले तपाईलाई ग्लानी महशुष पनि गराउन सक्छ कि तपाईले यसो गर्नु भएन, त्यस्तो गर्नु भएन, त्यसैले जब स्त्री सुपरवुमेन बन्ने कोषित गरेर सबैको अपेक्षामा खरो उत्रने प्रयास गर्ने गर्छिन तब उसलाई आफ्नो सफलताको मार्गमा विवाह बाधक बन्न थालेको लाग्दछ । जति नै सन्तुलन बसाउन पै्रयत्न गरे पनि कुनै नकुनै रूपमा कमी रहन्छ भन्ने कुरा मान्नु, बुझुनु जरुरी छ । यदि तपाई वर्किङ हुनुहुन्न भने पनि हाउसवाइफ भएका नाताते पनि यकन कमी कमजोरी रहने गर्दछ । यस्तोमा हुन्छ सही सन्तुलन र तालमेल, जसले गर्दा विवाह एउटा सुन्दर अनुभूति प्रतित हुन्छ, न कि सफलताको मार्गमा बाधा उत्पन्न गर्ने स्वरूप ।
रुविना एउटा नीजि कम्पनीमा मार्केटिङ म्यानेजरको पदमा कार्यरत थिइन । आफ्नो कार्यदक्षताका कारण उनले आफ्नो कम्पनीमा राम्रो स्थान बनाउन सफल भएकी थिइन । तर जब पनि विवाह कुरा उठ्ने गथ्र्यो तब उसको मनमा डर समाउने गथ्र्यो कारण उनी विवाह गर्दा आफ्नो क्यारियरमा आाच आओस् भन्ने चाहना राख्दैन थिइन् । उनले आफ्नो कयन संगिनीहरूको त्यस्तो भएको देखिसकेकी थिइन् । तर जब समुनले उनलाई विवाहपश्चात पनि उनले आफ्ना सपना पूरा गर्न सक्छिन् भन्ने कुरामा विश्वास दिलायो तब रुविना विवाहका लागि तयार भइन । उनी भन्छिन– ‘सुमनले पाइला पाइलामा मेरो साथ दियो र हामीले आफ्नो जिम्मेवारीलाई आपसमा राम्ररी बााड्यौं, त्यसैले अब म विवाह सफलताको मार्गमा बाधक हुन्छ भन्ने कुरा मान्दिन ।
म्यारिज काउन्सरलहरूका अनुसार क्यारियर र विवाह दुवैको आ–आफ्नो महत्व हुने गर्दछ, त्यसैले यसबारेमा बहस गर्नु कुनै औचित्य छैन ।
–प्राय:गरी विवाहपश्चात महिलाहरू आफ्नो क्यारियर तथा परिवारका बीच सन्तुलन बनाउने दोहोरो भूमिका निर्वाह गर्ने प्रयासमा निरन्तर लाग्ने गर्छन र यहीबाट यो बहसले जन्म लिने गर्दछ ।
–उनीहरू दुवै मोर्चामा अग्रणी रहने चाहना राख्छन् तर स्पोर्ट सिस्टमको अभावमा या त तिनलाई आफ्नो सफलतालाई नजरअञ्दाज गर्नुपर्ने हुन्छ वा वैवाहिक सम्बन्धलाई एक छेउमा राखेर अगाडि बढनुपर्ने हुन्छ ।
–एउटा फाइनेन्स कम्पनीमा कार्यरत अञ्जना बताउाछिन– मेरो संयुक्त परिवार छ र सबैको स्पोट पनि पूर्णरूपमा प्राप्त हुन्छ तर जब मेरी छोरी आठ वर्षकी भइन्, तब मैले काम गर्न आरम्भ गरे । मेरो प्रोफेसनमा हरेक दिन मैले आफूलाई सावित गर्नुपर्छ । मेरो विचारमा यदि सफलता प्राप्त गर्नका लागि यदि लगातार तीन महिना निरन्तर मिहनेत गर्नुहुन्छ भने हप्तादिन परिवारलाई समय दिनु पनि आवश्यक छ । यसो गर्नाले विवाह तपाईको सफलताको बाटोमा बाधक बन्न पुग्दैन र न त क्यारियरले विवाहलाई खतरामा नपर्ने संभावना रहन्छ ।
म्यारिज काउन्सरलहरूका अनुसार महिलाहरूले पनि विवाह जीवनको एउटा महत्वपूर्ण पक्ष र बाटो भएको भन्ने बारे बुझ्नु र जान्नुपर्छ । यदि विवाह र त्यसको दायित्वलाई निर्वाह गर्दै तपाई आफ्नो क्यारियरमा ध्यान दिनुहु्न्छ भने कार्यक्षेत्रमा पनि त्यसको प्रभाव रहन्छ नै । जसको नकारात्मक प्रभाव तपाईको प्रगति र व्यक्तित्व दुवैमा पर्छ नै । सफलताका साथमा यदि परिवारको सुखलाई जोड्नुहुन्छ भने त्यसको रमाइलो र आनन्द दुई गुणा हुन पुग्छ । हरेक वर्किङ वुमेनले प्रफुलताको वातावरण बनाइ राख्नुपर्छ भन्ने बुझ्नुपर्छ, कारण तमाम व्यस्तताका बीच पनि उसले ती कार्यलाई सम्पन्न गर्न सकोस, जसलाई उसले सहर्ष चयन गरेकी छिन । समान्जस्य कुने पनि स्तरमा तब मात्रै संभव छ, जब कुरा वस्तु र परिस्थितप्रति अपेक्षाहरू स्वयंले बढी नराखेको राम्रो हुन्छ, होइन भने मात्र दु:खी हुनुपर्ने हुन्छ । आफ्ना प्राथमिकता र सीमालाई पहिचान गरेपश्चात कुन रूपले समायोजन गर्नु छ, यो तय गर्नु सहज हुन जान्छ । जब एक पटक विवाह बन्धनमा बााधिने तय गर्नुपर्छ, जब आफ्नो सफलता र परिवारको सन्तुलन मुस्कुराउादै गर्नुपर्छ । यो त तपाईमा नै निर्भर गर्छ कि तपाई विवाहलाई बर्बादीको पर्याय बनाउनुहुन्छ वा सही ढंगले त्यसलाई आफ्नो सफलताको साथमा इञ्जोय गर्दर्ै सुन्दर बनाउनुहुन्छ ।
श्रीमान र परिवारजनले तपाईको प्रतिबद्धता र तपाईका लागि सफलताको महत्व बुझनुपर्छ । यसका लागि उनीहरूले तपाई अगाडि बढन नसकनुको जिम्मेवारी र उनीहरू हो भन्ने बोध गराउने कार्य तपाईबाट हुनुहुादैन । सन्तुलन बनाइ राख्नका लागि सागै तपाईले आफ्नो प्राथमिकता पनि तय गर्नुपर्छ । उदाहरणका लागि तपाई क्यारियरमा धेरै उचाइसम्म पुग्नु भयो, तर जब तपाई घर फर्कनु हुन्छ, तपाईसित खुसी बााड्ने कोही छैन वा रहेन भने त्यो सफतलाको केही अर्थ रहन्न । शिखरमा पुग्नुको अर्थ परिवारको अपेक्षा गर्नु होइन । सफलता त त्यो विस्तृत दायरा र खुल्ला सोच प्रदान गर्छ, जसले विवाहलाई सफल बनाउनमा मद्दतगार सावित हुने गर्छ । विवाह र सफलता एउटै सिकाको दुई पाटो हो, तपाई कुन रूपमा आफ्नो प्राथमिकता तय गरी तिनलाई कुन रूपमा सम्हाल्नु हुन्छ र अगाडि बढाउनुहुन्छ, त्यो तपाईमा निर्भर गर्छ ।
विशेषज्ञहरूका अनुसार आजभोलि एकल परिवारको ट्रेन्डका कारण महिलाहरूलाई आफ्नो क्यायरको सम्हाल्नमा समस्या आउन थालेको द्धछ । पारिवारिक दायित्वका कारण, कयन पटक तिनले आफ्नो क्यारियरलाई दाउमा राख्नुपर्ने स्थिति रहन्छ । त्यसैले उनीहरू विवाहलाई आफू केही बन्ने सपनामा बाधक मान्ने गर्छन । तर कुरा यस्तै होइन । कारण विवाहको अर्थ अन्डठरस्ट्यान्डिङ हो । यदि उनले आफ्नो प्राथमिकतातय गरी आफ्नो पार्टनरसित राम्ररी कम्युनिकेट गरेमा र दुबैबीच राम्ररी सम्झदारी, तालमेल, विश्वास भएमा विवाह र क्यारियर दुवैलाई राम्रारी सम्हालन र सुन्दर ढंगबाट अगाडि लान संभव र सहज हुनुपुग्छ । तर एक हातले ताली बज्दैन भन्नेझौ स्त्रीपुरुष दुवैको यस विषयमा

Previous
Next Post »