Russia warned the US not to attack Syria


रूसले सिरियामा फेरि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको छ । रूस भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई उनका समकक्षी सेर्गेई लाभरोभले सिरियामा आक्रमण नगर्न चेतावनी दिएका हुन् ।

रुसी विदेशमन्त्री लाभरोभले ट्रम्प प्रशासनको सिरिया नीतिबारे वासिङ्टनबाट आएका अस्पष्ट सन्देश र राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाली राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे पनि गुनासो गरेका थिए ।

राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले राष्ट्रपति बसर अल–असद भविष्यमा सिरियामा नरहने बताएकी थिइन् । रूसी विदेशमन्त्री लाभरोभले केही दिनअघि अमेरिकी विदेश मन्त्री टिलरसनले ‘रूसले असदविरुद्ध रहेका अमेरिका तथा पश्चिमी मुलुकको पक्षमा रहने या विपक्षमा रहने भन्ने एक विकल्प रोज्नुपर्ने’ भनी अभिव्यक्ति दिएका थिए ।

रुसी विदेशमन्त्रीले अमेरिकी समकक्षीको त्यो अभिव्यक्ति प्रति व्यंग्य गर्दै ‘गलत छनोट दिएको’ समेत बताए ।
Previous
Next Post »