When the live premiere padhina own husband's death ...


एजेन्सी। भारतको छत्तिसगढ रायपुरमा एक निजी च्यानलकी एन्कर सुप्रित कौरले आफ्नो पति हर्षद कावाडेको मृत्युको खबर पढेको समाचार छ।

आईबीसी२४ न्युज च्यानलकी एन्कर सुप्रितले शनिबार लाइभ एन्करिङ गर्दै एक घटनामा आफ्नै पतिको मृत्युको खबर पढिन। घटनामा मर्ने सुप्रितका पति नै हुन, यो कुराको प्रष्ट जानकारी भने उनले पछिमात्र पाइन।

यो पढ्नस्: अमेरिका-उत्तर कोरिया तनाव बढ्यो: कोरियाली प्रायद्वीप तर्फ अमेरिकाले वारशिप पठायो

सुप्रितले शनिबार बिहान ‘मर्निङ बुलेटिन’ पढ्दै थिइन। तब एक ब्रेकिङ खबर आयो कि महासमुन्द जिल्लाको पिथौरामा नेशनल हाइवे ३५३ लहरौदको नजिक एक सडक दुर्घटना भयो। घटनामा ३ जनाको मृत्यु भएको थियो ।

च्यानलका रिपोर्टरले फोनमा एन्कर सुप्रितलाई घटनाको विस्तृत जानकारी दिए। भनिएको छ कि विवरण सुनेपछि सुप्रितलाई घटनामा आफ्नै पति मारिएको आशंका भएको थियो।

यो पढ्नुस्: मोदीका पार्टीका नेताले विनोद खन्नालाई २ मिनेट समय छुट्याएर श्रद्धान्जली दिएपछि…

तर हिम्मतका साथ उनले कार्यक्रम अवधिभर समाचार पढिन । कार्यक्रम सकिएपछि सुप्रितले यसबारेमा विस्तृत जानकारी थाहा पाइन, घटनामा मर्ने उनकै पति थिए।

भारतीय पत्रकार अमिताभ श्रीवास्तवले लेखेका छन्, ‘पत्रकारलाई गाली गर्नेवालाहरुलाई यी महिला एन्कर सुप्रित कौरको कथाले सायद केही सबक मिल्नेछ, जसले पेशेवर जिम्मेवारी सम्हाल्दै एक सडक दुर्घटनामा आफ्नो पतिको मृत्युको खबर पनि भावनालाई नियन्त्रण गर्दै सहज ढंगले पढिन।’
Previous
Next Post »