12 kg in weight 10 million in government assistance purvasiksakalai


उनको भोजन नलीमा समस्या छ । यसको उपचारका लागि ८० हजार देखि डेढ लाखसम्म लाग्ने अनुमान गरिएको छ ।

उनीबारे रातोपाटीले समाचार प्रकाशित गरेपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पौडेलले मन्त्री थापासँग भेट गरेका थिए । त्यतिबेला स्वास्थ्य मन्त्री थापाले आवश्यक कागजात दिएपछि सहयोग गर्ने आश्वसन दिएको भेटमा सहभागी शिवदेव पाण्डेले बताएका थिए ।

आर्थिक अवस्था कमजोर भएका पौडेलले काठमाडौमा आउँदाको होटलको बिल तिर्न  सकेका छैनन् ।

कृष्णप्रसादलाई स्थानीय समाजसेवी शिवदेव पाण्डेले काठमाडौं बोलाएका थिए ।

काठमाडौं बोलाएपछि पाण्डेले आफुले चिनेको साथीको होटलमा राखेका छन् । राज्य वा कतैबाट सहयोग नजुटे होटल खर्च आफुले जिम्मा लिने गरी पाण्डेले होटलमा राख्न लगाएको बताएका थिए ।

पाण्डेले सरकारको सहयोग रकम पौडेलको बैंक खातामा जम्मा भएको रातोपाटीलाई बताए ।

पौडेलले त्यसपछि प्रधानमन्त्री पुष्कमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिसँग भेट गरेका थिए।

पूर्वमन्त्री एव्म माओवादी नेता टोपबहादुर रायमाझीले बालुवाटार लगेर पूर्वशिक्षक पौडेललाई प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधिसँग भेट गराएका थिए । नेता रायमाझीले पूर्वशिक्षक पौडेल देशको गौरबव्यक्ति भएको भन्दै एकमुष्ठ २० लाख दिन माग गरेका थिए । नेता रायमाझी र पूर्वशिक्षक पौडेलको गृहजिल्ला एउटै हो, अर्धाखाँची ।


कृष्णप्रसाद पौडेलको उमेर भयो ६३ वर्ष भएको छ । उचाइ मात्र साढे दुई फिट छ । उनको तौल तौल त १२ केजी मात्रै छ ।

उनी अर्घाखाँचीको ठूलापोखरा–२, रोटेपानीका बासिन्दा हुन् । उनले गाउँकै स्कूलमा ४२ वर्ष शिक्षक भएर विताएका थिए । ६० वर्ष उमेरमा २०७० मा अवकास पाएका थिए उनले । सरकारले जनसेवाश्री पदवीबाट सम्मान गर्ने घोषणा गरेपनि उनले यस्तो सम्मान चाहीँ पाएनन् ।

पूर्वशिक्षक पौडेलले आफ्नो स्वास्थ्यको उपचार र गिनिजबुकमा नाम लेखाउने पहल गरिदिन सवैसँग आग्रह गरेका छन् ।
Newest
Previous
Next Post »