Agricultural Development Bank opened 40 officer jobs


काठमाडौँ, २५ फागुन, कृषि विकास बैंक लिमिटेडले खुल्ला तथा समावेशी प्रतियोगिताको आधारमा स्थायी पदपूर्ति गर्ने गरी ४० जना अधिकृतको माग गरेको छ । व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीमा बैंकले अधिकृतको माग गरेको हो ।  आज प्रकाशित विज्ञापनअनुसार खुल्लामा २२ जना, महिलामा ५ जना, आदिवासी÷जनजातिमा ५ जना, मधेशीमा ४ जना, दलितमा २ जना अपाङ्गमा १ जना र पिछडिएको क्षेत्रमा १ जनाको माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले आजका मितिबाट २१ दिनभित्र दरखास्त दिन सकिने जनाइएको छ ।  यो पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण वा मानविकी संकायमा अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर तह उत्तीर्ण गरेका इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन् ।  विस्तृत विवरण तलको विज्ञापनमा हेर्नुहोलाः


Previous
Next Post »