![]() |
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदुत एलियना टेप्लिज बीच भेटवार्ता भएको छ । नेकपा एमालेको संसदीय दलको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटमा नेपालका लागि अमेरिकी राजदुत एलियना टेप्लिजले संविधान कार्यान्वयनका विषयमा र यसको चुनौतीका विषयमा जानकारी लिनुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिदै राजदुत टेप्लिजले अमेरिका नेपालको समस्या र चुनौतीहरुको सामना गर्न सधैँ तत्पर रहेको बताएको नेकपा एमालेको संसदीय दलको उपनेता सुवास नेम्वाङ्गले जानकारी दिनुभयो । भेटमा अध्यक्ष ओलीले अमेरिकाको साथ र सहयोगप्रति नेपाल र नेकपा एमाले सधै सकारात्मक रहेको बताउनुभएको थियो ।
![]() |


ConversionConversion EmoticonEmoticon