Diabetes is?


काठमाडौं । मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारण हुन्छ । मोटाबोलिज्म एक प्रकिया हो, जसले शरीरमा खानेकुरालाई ऊर्जामा परिवर्तन गर्छ । त्यस उर्जा हामी आफ्नो दैनिक कार्यका लागि प्रयोग गर्छौ । यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि खास सहयोग गर्छ ।

हामीले जे कुरा खान्छौ, त्यो पेटमा पुगेपछि एक प्रकारको इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्छ र उर्जाको रुपमा प्रयोग हुन्छ ।

पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ । त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा र्पुयाउँछ । यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ । यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन ।

किन हुन्छ मधुमेह ?

मधुमेह किन हुन्छ ? यसमा धेरै हदसम्म हामी स्वंम जिम्मेवार छौ । हाम्रो जीवनशैली, खानपान आदिको कारण मधुमेह हुन्छ । हाम्रो दैनिक जीवनमा गरिने कतिपय गल्ती मधुमेहको कारण बन्न सक्छ ।

बिहान नास्ता नगर्नाले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन । त्यसैले ब्लड सुगर लेभल नियन्त्रण गर्नु मुश्किल हुन्छ । राती ढिलो खाना खाने र तुरुन्तै सुत्नाले तौल बढ्छ । यसले पनि ब्लड सुगरको सन्तुलन गडबड गरिदिन्छ, जसले मधुमेहको खतरा बढाइदिन्छ ।

चिनीजन्य पेयमा चिनीको मात्रा अत्याधिक हुन्छ, जसले शरीरमा क्यालोरी बढाइदिन्छ । यसबाट तौल बढ्छ र मधुमेहको खतरा हुन्छ । आफ्नो दैनिक खानामा अंकुराएको गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी आदि सामेल हुनुपर्छ । यदि उक्त कुराको कमी भएपनि पनि मधुमेहको जोखिम बढ्छ ।

दिनभर धेरै क्यालोरीयुक्त स्न्याक्स खानाले शरीरमा क्यालोरी बढी प्राप्त हुन्छ । यसले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ । अक्सर मानिस खाना खाइसकेपछि घन्टौ बस्छन् । यसले शरीरमा बोसो बढ्छ साथै मधुमेहको खतरा पनि ।

दैनिक खानामा सलादको मात्रा सामेल गर्नुपर्छ । सलादमा फाइबर हुन्छ, जसले हाम्रो शरीरमा ब्लड शुगरको मात्रा नियन्त्रण गर्छ ।

मधुमेह नियनत्रण गर्ने उपाय

 भोको पेट नबसौं । खानामा हरियो सब्जी, सलाद, सुप आदि सामेल गरौं ।
 चिनीजन्य खाद्यपदार्थको सेवन नियन्त्रित मात्रामा गरौं ।
 हरेक दिन एक घण्टा जति तिब्र गतिमा हिँड्ने गरौं ।
 समय तालिका मिलाएर पटक पटक खानेकुरा खाने गरौं ।
भोजनमा रेशादा पदार्थलाई प्राथमिकता दिनुपर्छ ।
Previous
Next Post »