एजेन्सी । बलिउडकी चर्चित नायिका आलिया भट्टलाई हत्या गरिदिने धम्की आएको छ । निर्देशक महेश भट्ट र उनको परिवारलाई फिरौतीको धम्कीसहितको फोन आइरहेको भारतीय मिडियाले जनाएको छ ।
भट्टलाई फोन गर्ने व्यक्तिहरुले उनकी श्रीमती सोनी राजदान र छोरी आलिया भट्टलाई हत्या गरिदिने धम्की दिएको छ । स्रोतका अनुसार महेशसँग फोनमार्फत ५० लाख भारुको माग गरिएको छ ।
धम्की दिने समुहले युपीबाट फोन गरेको र प्रहरी धम्की दिने समुहको नजिकै पुगीसकेको बताइएको छ ।
धम्कीपछि भट्ट परिवारको सुरक्षा बढाइएको छ भने धम्की दिने व्यक्तिले पैसा लखनऊको बैंकको ब्रान्चमा जम्मा गर्नका लागि बताएको प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
ConversionConversion EmoticonEmoticon