काठमाडौँ । सबैखाले राजनीतिक द्वन्द्वको अन्त्य गर्दै मुलुकले नेपालको संविधान पाए तापनि देशभर अपराधको संख्या भने तुलनात्मक रूपमा बढेको पाइएको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संविधान जारी हुनु अघिल्लो वर्षको तुलनामा संविधान जारी भएपछि अपराधको संख्या बढेको हो।आर्थिक वर्ष २०७२/०७३ मा देशभर विभिन्न प्रकृतिका गरी ३० हजार ४ सय ७६ वटा अपराधका घटना भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार २८ वटाले बढी हो । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको कार्यालयको वार्षिक प्रतिवेदनका अनुसार सरकारी मुद्दासम्बन्धी ऐन २०४९ अनुसार अपराधको कोटीमा राखिएका घटनाहरूको विश्लेषणले यो तथ्यांक देखाएको हो
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon