Maximize gas Rs 25, petrol is still lacking


काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको मूल्य बढाएको छ ।

भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । ग्यासमा लगातार घाटा बढिरहेकाले मूल्य बढाईएको आयल निगमले जनाएको छ । निगमलाई ग्यासमा प्रतिसिलिण्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ ।

अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ । आयल निगमलाई अहिले पेट्रोलमा प्रती लिटर १ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १५ रुपैयाँ नाफा कमाइ रहेको छ भने डिजलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा घाटा छ ।
यस्तो बजारमा पेट्रोलियम पदार्थको अभाव पनि बढेको छ । पेट्रोलका लागि घण्टौ लाईन लाग्नुपर्ने बाध्यता भएको छ ।
Previous
Next Post »