पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
सबैलाई थाहा भएकै हो शरीरका लागि पानी अत्यावश्यक छ । तर, पानी पिउनुको पनि सही तरिका र समय हुन्छ । जसलाई अपनाएमा धेरै रोगबाट बच्न सकिन्छ ।
पानी पिउने तरिका :
आयुर्वेद चिकित्साअनुसार, पानीको तापक्रम शरीरको तापक्रम भन्दा कम हुनुहुन्न । गर्मी मौसममा धेरै जसो बाहिरबाट घर पुग्नासाथ पानी पिइहाल्ने गर्छन् । दौडधुप गरि घर पुग्ने बित्तिकै पानी पिउँदा शरीरलाई असर गर्छ ।
धेरै चिसो पानी पिउनाले शरीर कमजोर बन्छ । चिसो पानीले हृतयघात, मृगौला फेलको खतरा बढेर जान्छ ।
रातको समयमा पानीलाई तामाको भाडामा राख्नुहोस् र बिहान त्यही पानी पिउनुहोस् । ९० दिनसम्म यस्तो नियमित गर्नुहोस् । यसो गर्नाले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । त्यस्तै, तपाईको अनुहारको डन्डिफोर तथा छाला सम्बन्धि रोगका लागि पनि फाइदाजनक हुन्छ ।
सकेसम्म कुनै प्लास्टिकको बोतलभन्दा गिलासमा पानी राखेर पिउने गर्नुहोस् । त्यस्तै एकै पटकमा धेरै पानी नपिउनुहोस्, ताकि पानीले भेट भरियोस् । तर, जब बिरामी पर्नुहुन्छ तब चाहि सकेसम्म पानी बढी पिउनुहोस् ।
पानी पिउने सही समय :
विहान उठ्ने वित्तिकै दुई गिलास पिउनु राम्रो हुन्छ । खाना खानु आधा घण्टाअघि मात्र पानी पिउनुपर्छ, यसो गर्नाले खाना सजिलै पच्छ । त्यस्तै, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने गर्नुस्।
यस्तै, नुहाउन आधा घण्टाअघि पानी पिउनाले ब्लड प्रेसरको समस्या हुँदैन । सुत्नअघि पानी पिउनुहोस्, यस्तो गर्नाले हार्ट अट्याकको खतरा कम हुन्छ ।
व्यायाम गर्नुअघि र पछि एक गिलास पानी पिउनाले ‘डिहाइड्रेसन’को समस्या हुँदैन । घरबाहिर जानुअघि पानी पिउनुहोस् ।
ConversionConversion EmoticonEmoticon