काठमाडौं । अष्ट्रेलियाको उत्तर पूर्वी क्षेत्रमा आएको शक्तिशाली सामुद्रीक आँधीपछि हजारौँ मानिस घरवार बिहीन भएका छन्।
डेब्बी नाम दिइएको आंधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनाएको छ भने हजारौं मानिस घरबारविहिन भएका छन् । मौषमविद्हरुले अझै खतरनाक बाढी आउने चेतावनी दिइएसँगै यस क्षेत्र झन् आतंकित भएको छ।
अहिले सयौँ विद्यालय बन्द गरिएको छ भने हवाई उडान पूरै प्रभावित भएको छ। विद्युत आपूर्ति बन्द हुँदा ६३ हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन्। यो आँधी सन् २०११ भन्दा यता कै खराब मानियको छ।
ConversionConversion EmoticonEmoticon