काठमाडौंसहित मुलुकका धेरै ठाउँमा आज बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरैजसो स्थनमा वर्षा भएको मौसमविद्हरुले जनाएका छन् ।
बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको प्रभावले पानी परेको हो । यस्तै, पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसमविदहरुको भनाई छ ।
मध्य भन्दा पूर्वी भेगमा आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको उनीहरुले बताएका छन् । काठमाडौंसहित मध्य भेगका केही ठाउँमा अपरान्ह केहीबेर मौसम सफा हुने अनुमान गरिएको छ । तर, दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसम बदलीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । दक्षिणी वायूको प्रभावले अझै केही दिन मौसम बदली हुने मौसमविद्हरुको अनुमान ।
ConversionConversion EmoticonEmoticon