Sunlight vitamin deficiency diseases


माघ २, २०७३

महिलाहरूमा भिटामिन डीको कमीले अनेकन प्रभाव उत्पन्न हुन्छ । अमेरिकी शोधकर्ताहरूका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट र कामकाजमा अन्तर आउन सक्छ तथा यसको काम गर्ने क्षमता पनि प्रभावित हुन्छ । यो भिटामिनको कमीले फोक्सो खुम्चिन्छ र वायुलाई धेरै प्रतिरोध सामना गर्नुपर्ने हुन्छ । जसले श्वास–प्रश्वास क्रियामा समस्या उत्पन्न हुन्छ ।

भिटामिन डीको कमीले पिठ्यँु र कम्मरको पीडा पनि हुन्छ । एक अध्ययनअनुसार कम्मरबाट पीडित ३६० जना बिरामीमा यो भिटामिनको स्तर जाँच गरिएको थियो । सबैमा यसको मात्रा अपर्याप्त पाइएको थियो । भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन जान्छ, जसबाट हड्डीबाट जोडिएको कुनै पनि समस्या हुनसक्छ । हस्पिटलद्वारा गरिएको एक शोधअनुसार भिटामिन डीको कमीले युवतीहरूमा किशोरावस्थामै समस्या आउन सक्छ । यसबाट उनीहरूलाई श्वास–प्रश्वासको समस्या हुनसक्छ ।
शरीरको केन्द्र भागमा कम्मर हुन्छ भने शरीरको भार यसमै टिकेको हुन्छ । मेरुदण्ड पूर्णरूपले कम्मरमै टिकेको हुन्छ ।

भिटामिन डीको कमी भए मेरुदण्डले शरीरको भार थेग्न गार्‍हो हुन्छ । भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्किन फोल्ड रेसाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, तिनमा भिटामिन डीको मात्रा बढी हुनेहरूको तुलनामा मोटोपन तीव्र रूपमा बढ्छ । प्राय: महिला हाडजोर्नीको समस्याबाट ग्रसित हुन्छन् । उमेर बढ्नुका साथै यो समस्या अझ बढ्छ । सामान्य कामकाज गर्नमा समेत समस्या भएको अनुभव हुन्छ तर भिटामिन डीबाट तिनलाई यो पीडाबाट छुटकारा सम्भव हुन्छ ।

महिलाहरूमा कम्मरको पीडाको समस्या पनि साझा समस्याकै रूपमा देखिन्छ । वैज्ञानिकहरूका अनुसार जाडोमा भिटामिन डीको प्रमुख स्रोत घामको सेवन गरे यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।
गर्भवती महिलाहरूले विभिन्न समस्याको साक्षात्कार गर्नुपर्ने हुन्छ । गर्भावस्थामा मल्टिपल सिरोसिसको खतरा बढ्छ, जसका कारण भिटामिन डीको कमी हुन्छ । भिटामिन डी आँखाका लागि लाभदायक हुन्छ । अस्ट्रेलियाई रिसर्च काउन्सिलरको अध्ययनअनुसार यसको सेवनले नजिकको दृश्य हेर्दा हुने कठिनाइमा राहत प्राप्त हुन्छ । जुन महिलाले प्रारम्भदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन् तिनलाई रजोनिवृत्तिपछि हड्डीसित जोडिएको समस्या कम हुन्छ ।
Previous
Next Post »