फाल्गुन २५, २०७३- अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल टेलिकमले डाटा सेवामा सहुलियत दिने भएको छ । ‘फेसबुक प्याकेज’, ‘डे एन्ड नाइट प्याकेज’ र ‘नाइट डाटा प्याकेज’ योजनाअन्तर्गत यस्तो सहुलियत दिने भएको हो । सहुलियत बुधबारदेखि लागू हुनेछ । ‘फेसबुक प्याकेज’ अन्तर्गत ग्राहकले २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी एक सय मेगाबाइट्स (एमबी) डाटा पाउनेछन् । यसैगरी ‘डे एन्ड नाइट प्याकेज’ अन्तर्गत एक सय रुपैयाँमा राति १० देखि बिहान ६ बजेसम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाउनेछन् । यसैगरी ‘नाइट डाटा प्याकेज’ अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १ हजार २ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ ।
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon