Khulekai squatter day like that? Where the city reached there Lalpurja


काठमाडौं, १९ फागुन, सरकारले सुकुम्बासी समस्या समाधानका लागि व्यवस्थित बसोबास आयोग गठन गरेको छ । आयोगले आवश्यक अध्ययनपछि सुकुम्बासीलाई अहिले बसोबास गरिरहेकै स्थानको लालपूर्जा दिनेछ । व्यवस्थित बसोबास आयोग गठन गर्न भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले मन्त्रिपरिषदबाट ९ फागुनमा स्वीकृत गराएका थिए । राजपत्रमा प्रकाशित भएपछि बसोबास आयोगको कामले तीव्रता पाउने भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव गोपाल गिरीले बताए । यसअघि सुकुम्बासी समस्या समाधान गर्न १२ वटा आयोग गठन भएका थिए । अहिले गठन भएको व्यवस्थित बसोबास आयोग १३ औं आयोग हो । तर आयोगले सुकुम्वासीको अन्त जग्गा भेटिए जफत गर्ने जनाएको छ ।
Previous
Next Post »