काठमाडौँ– चर्चित नायक अनमोल केसी अनुबन्धित गरिएको फिल्म ‘कृ’ ले फ्लोरमा जानु अघि नै फिल्मको लगानी सुरक्षित भएको बताइएको छ ।
१ करोड ६० लाखको बजेट लाग्ने फिल्म कृले छायांकनमा जानु अगाडि नै ओभरसिज राइट्स तथा मोफसलको ‘एमजी’बाट लगानी सुरक्षित भएको बताइएको छ ।
फिल्म काठमाण्डौ बाहिर पनि महंगो ‘एमजी’मा खरिद हुनु तथा हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको कारणले लगानी सुरक्षित भएको बताइएको छ । यसो त फिल्मले आफ्नो रिलिज पनि परिवर्तन गरेको छ ।
फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन तथा अभिनेता भूवन केसी र सुवास गिरी निर्माताको रुपमा रहेका छन् ।फिल्ममा अनमोलले अदिती बुढाथोकीसँग जोडी बाँध्नेछन् ।
ConversionConversion EmoticonEmoticon